• २०८१ बैशाख १६ आइतबार

ऐश्वर्या राय र छोरी आराध्याको कोरोना रिपोर्ट पनि पोजेटिभ

kharibot

काठमाडौँ । बलिवुडका महानायक अमिताभ बच्चन छोरा अभिषेकसंगै कोरोना संक्रमित भएपछि अहिले बलिवुडमा त्रास मच्चिएको छ ।

पछिल्लो रिपोर्ट अनुसार अमिताभ र अभिषेक दुवैलाई सामान्य लक्षण रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जानकारी दिएको छ ।

यसैबीच ऐश्वर्या राय बच्चन र छोरी आराध्या बच्चनको रिपोर्ट समेत पोजेटिभ आएको छ ।

महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले ऐश्वर्या र आराध्याको रिपोर्ट पोजेटिभ आएको र जया बच्चनको निगेटिभ आएको जानकारी दिएका छन् ।

दुवैलाई कोरोनाको सामान्य लक्षण रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।   

यसअघि गएराती अमिताभ बच्चन र अभिषेक बच्चनले आफुलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका थिए ।

अमिताभले आफु ननावती अस्पतालमा भर्ना भएको जानकारी दिदै आफूसँग पछिल्लो १० दिनमा भेट गरेका सबैलाई कोरोना परिक्षण गर्न अनुरोध गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै