• २०८१ बैशाख २० बिहीबार

प्रधानमन्त्री ओलीद्वारा अमिताभ र अभिषेक बच्चनको शिघ्र स्वास्थ्यलाभको कामना

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बलिवुडका महानायक अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

सामाजिक संजाल ट्वीटरबाट प्रधानमन्त्री ओलीले अमिताभ र अभिषेकको स्वास्थ्यलाभको कामना गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्, 'भारतीय लिजेण्डरी अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिनेता अभिषेक बच्चनको राम्रो स्वास्थ्य र शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।'   

अमिताभ बच्चन र अभिषेक बच्चनलाई गएराती कोरोना पुष्टि भएपछि अहिले मुम्बईस्थित नानावती अस्पतालमा उपचार गराइएका छन् ।

त्यस्तै आइतबार मात्र अभिषेककी पत्नी एवं अभिनेत्री ऐश्वर्या राय बच्चन र छोरी आराध्या बच्चनलाई समेत कोरोना पुष्टि भएको छ ।

त्यस्तै अमिताभ पत्नी अभिनेत्री जया बच्चनको रिपोर्ट भने निगेटिभ आएको बताइएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै