• २०८१ बैशाख २२ शनिबार

शरीरलाई कति प्रोटिन आवश्यक हुन्छ ?

kharibot

प्रतिनिधि तस्वीर

काठमाडौँ । विश्वमा प्राय मानिसहरु कोरोनाको कारण घरमा बस्न बाध्य छन् र कतिपय आफ्नो स्वास्थ्य र आहारमा विशेष ध्यान दिइरहेका छन् । खानपिनले स्वास्थ्यमा प्रतक्ष्य प्रभाव पर्ने हुँदा आफुले दैनिक उपभोग गर्ने खानेकुरामा मानिस सतर्क छन् ।

२० औँ सताब्दीको सुरुवातमा आर्कटिक खोजकर्ता भिल्जामर सेफान्सनले पाँच वर्ष केवल मासु मात्र खाएका थिए जसमा ८० प्रतिशत बोसो र २० प्रतिशत प्रोटिन हुन्छ । उनले सन् १९२८,  २० वर्ष पछि न्यु योर्क सिटिमा आफ्नो उक्त अनुसन्धान पुन सुचारु गरे ।

सेफान्सनले मासु मात्र खाँदा मानिस बाच्न सक्दैन भन्ने कुरा गलत रहेको पुष्टि गर्न चाहन्थे तर त्यसको केहि समयमा नै उनि बिरामी परे । प्रोटिनको कम गरेपछि स्वास्थ्यमा सुधार भयो ।

पछिल्लो दुई दशकमा मोटोपना दुई गुणाले वृद्धि हुँदै गएको छ र मानिसहरु आफुले खाने खानाको बारेमा केहि चासो दिन थालेका छन् ।

मानिसहरु स्वस्थ खाना र जीवनशैलीमा बढी आकर्षित भएका छन् । कतिपय शरीर स्वास्थ्य बनाउन थप प्रशोधित प्रोटिन पनि खाने गर्दछन् ।

प्रोटिन शरीर विकासको लागि आवस्यक तत्व हो, यसले शरीरलाई बलियो बनाउने तथा चोट लाग्दा निको बनाउन मद्धत गर्छ ।

शरीरको मुख्य पाचन प्रक्रिया हुने आन्द्राले प्रोटिनयुक्त खानेकुरा जस्तै दुध र दुधबाट बनेको अन्य वस्तु, माछा, मासु, अन्डा र गेडागुडीलाई एमिनो एसिडमा टुक्रा बनाउछ र सानो आन्द्राले त्यसलाई शोषण गर्ने काम गर्छ साथै कलेजोले शरीरलाई कुन एमिनो एसिड उपयुक्त हुन्छ त्यसको चयन गर्छ र बढी भएको सबै पिसाबको रुपमा बाहिर निस्कासन हुन्छ ।

शारीरिक रुपमा सक्रिय नभएका युवाहरुलाई ०.७५ प्रतिशत प्रति किलो तौल अनुसार र सामान्य पुरुषलाई ५५ ग्राम प्रोटिन र महिलालाई  ४५ ग्राम प्रोटिन खानु आवस्यक रहेको चिकित्सक बताउँछन् ।

शरीरमा प्रोटिनको कमिले शरीरमा कपाल झर्ने, चाला कडा तथा रुखो हुने, तौल घट्ने साथै माम्सपेशीको मात्रा कम हुँदै जान्छ ।

प्रोटिनको मात्रा धेरै हुँदा असर कम हुने गर्दछ तर असन्तुलित भोजन गर्ने व्यक्तिलाई यसले स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न गर्दछ ।

प्रायजसो मानिस शरीर विकासको लागी प्रोटिन खाने गर्छन् जसलाई उचित व्यायामले सन्तुलनमा राख्न सजिलो हुन्छ ।

मांसपेशीहरु बलियो बनाउन र राम्रो विकास गर्नको लागि छुट्टै प्रकारको एमिनो एसिडको आवस्यकता पर्छ जसलाई ल्युसिन भनिन्छ । यसले शरीरको ठुला मांसपेशीहरुलाई प्रोटिनको प्रयोग गर्न मद्धत गर्दछ ।

विशेषज्ञहरु व्यायाम पछि प्रोटिन खाँदा मांसपेशीहरुले प्रोटिन उपयोग गर्ने भन्दा पनि त्यसलाई टुक्राउने र कुनै उपलब्धि नहुने बताउछन् तर सप्लिमेन्ट बनाउने उद्योग भने व्यायाम पछि प्रोटिन सेक पिउँदा यसले मांसपेशीहरुको मर्मत गर्ने तथा विकासमा सहयोग गर्ने बताउँछन् । विशेषगरी ल्युसिन युक्त व्हे-प्रोटिनका उत्पादक यसको दावा गर्दै आएका छन् ।

सन् २०१४ मा गरिएको एक अनुसन्धानमा प्रोटिन सप्लिमेन्टले सुरुवातको चरणमा व्यायाम गर्ने मानिसको मांसपेशी विकासमा कुनै फाइदा नहुने बताएको छ । समय संगै तालिम र व्यायामको मात्रा बढाउदै लैजाँदा सप्लिमेन्टले मांसपेशीको विकास गर्नेछ ।

प्रोटिनले तौल कसरी कम हुन्छ ?

प्रोटिनको सहि मात्रामा उपयोग गर्दा तौल कम हुन्छ । प्रोटिनको मात्रा धेरै भएको खाना जस्तै पालेयो र एटकिन्स डाइटले खानाको खुराक पुरा हुने र शरीरको तौल कम हुने गर्दछ । मानिसहरु दुब्लो र स्वस्थ्य रहन कोसिस गर्दछन् तर छिट्टै भोक लाग्ने हुनाले तौल घटाउन असफल रहेका छन् । बिहान उच्च मात्रामा प्रोटिनयुक्त नास्ताले दिनभर भोक कम हुन्छ । शरीरलाई  आवस्यक पर्ने भन्दा धेरै प्रोटिन खाँदा सबै अनावस्यक बाहिर जान्छ । 

मासु बाहेक प्रोटिनको मात्रा धेरै भएको माईकोप्रोटीन हो,  यो एक प्रकारको च्याउबाट लिएको हुन्छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै