• २०८१ बैशाख १६ आइतबार

पत्नी हत्या गरेका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त

kharibot

फाइल तस्बीर

काठमाडौं । सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला बिहीबार जेलमुक्त भएका छन् ।

श्रीमतीको हत्या अभियोगमा आजीवन सजाय काटिरहेका कोइराला बिहीबार जेलमुक्त भएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालाको सजाय घटाईदिएपछि साढे ८ वर्षमात्रै जेल बसेर बाहिर आएका हुन् ।

कोइराला पदमा हुँदा नै श्रीमती गीता ढकालको हत्या गरेका थिए । काठमाडौं जिल्ला अदालतले उनलाई पत्नी हत्याको अभियोगमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । उच्च अदालत पाटनले पनि २०७२ सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय राणा र केसीले कोइराला ८ वर्ष ६ महिनामात्रै जेल बस्दा हुनेगरी फैसला गरेपाची उनी बिहीबार रिहा भएका हुन् । 

सर्वोच्चको फैसला अनुसार कोइरालाको ८ वर्ष ६ महिना सजाय सकिएकाले उनी विहिबार छुटेका हुन् ।

कोइरालाले पत्नी गीता ढकालको हत्या गरी शव मकवानपुरमा लगेर जलाएर जंगलमा फालेका थिए । ०६८ माघ महिनामा सशस्त्रको डीआईजी रहेका कोइरालाले श्रीमतीको हत्या गरी शव मकवानपुर लगेर जलाएका थिए । 

उनले आफ्नै गाडीमा पत्नी गीताको शव राखेर मकवानपुर जिल्ला टिष्टुङ गाविस वडा नं ८ मेत्राङ भन्ने स्थानमा लगेर जलाएका थिए । कोइरालालाई मेलुङकै स्थानीयले शव जलाइएकै स्थलबाट पक्राउ गरी प्रहरीलाई बुझाएका थिए । सो जलेको शव उनकी पत्नी गीताकै भएको प्रमाणित भएको थियो ।  

फैसलामा भनिएको छ, “रञ्जनप्रसाद कोइरालालाई सर्वश्वसहित जन्मकैद हुने ठहर्‍याएको जिल्ला र उच्च अदालतको फैसला मिलेकै देखिँदा सदर हुने ठहरे पनि मुलुकी अपराध संहितामा सर्वस्वसहित जन्मकैदको कानुनी व्यवस्था नभएर जन्मकैदको सजाय मात्र हुने व्यवस्था भएकोले रञ्जनप्रसाद कोइरालालाई जन्मकैदको मात्र सजाय हुने ठहर्छ । उपरोक्त कारणले जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने जस्तो चित्तमा लागेको हुँदा ८ वर्ष ६ महिना कैद सजाय गर्दा पनि सजायको मकसद पूरा हुने देखिएकोले रञ्जनप्रसाद कोइरालालाई ८ वर्ष ६ महिना कैद हुने ठहर्छ ।”

साथै सर्वोच्चले आफ्नो आदेशमा जिल्ला अदालत र पुनरावेदन अदालतको फैसलामा कोइरालाको रोक्का भएको सम्पत्ति पनि फुकुवा गर्न निर्देशन दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै