• २०८१ बैशाख २४ सोमबार

सितापाइला एसिड आक्रमण : भारतीय नागरिकसहित दुई जना पक्राउ

kharibot

काठमाडौँ । बिहीबार साँझ  काठमाडौँको सितापाइलामा २२ वर्षीया युवती पवित्र कार्कीमाथि एसिड आक्रमण गर्ने दुई जना पक्राउ परेका छन् ।  

काठमाडौँको नागार्जुन नागरजुन नगरपालिका-४ सृजनशील टोलमा ओखलढुङ्गाकी पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो ।

उनीमाथि एसिड प्रहार गर्ने एक भारतीय नागरिकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर भइ काठमाडौंस्थित डल्लु बस्दै आएका मोहम्मद आलाम र भारतीय नागरिक मुन्ना मोहम्मद छन् ।

घटना लगत्तै एसिड प्रहार गर्ने व्यक्तिहरूलाई प्रहरीले सिसिटीभी फुटेजको आधारमा पहिचान गर्दै उनीहरूलाई पक्राउ गरेका हो ।

अपराध महाशाखाका अनुसार उनीहरूले पवित्राले अर्कै केटा मनपराएको कारण शौचालय सफा गर्न प्रयोग हुने एसिड प्रहार गरेका थिए ।

उनीहरुले पवित्राले अर्को केटा मन पराएको रिसमा एसिड प्रहार गरेको बयान प्रहरीलाई दिएका छन् पक्राउ परेका भारतीय नागरिक आलमका कामदार हुन् । आलमले उनलाई एसिड प्रहार गर्न लगाएको प्रहरीलाई बताएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै