• २०८१ बैशाख १५ शनिबार

फुलह्याम इङलिश प्रिमियर लिगमा फर्कियो

kharibot

काठमाडौँ । फुलह्याम इङलिश प्रिमियर लिगमा फर्किएको छ । गएराती च्याम्पियनसिपको प्लेअफमा ब्रेंटफोर्डलाई २-१ गोल अन्तरले पराजित गर्दै फुलह्याम प्रिमियर लिगमा फर्किएको हो ।

फुलह्यामको जितमा जोय ब्रयानले दुवै गोल गरेका थिए । भने ब्रेंटफोर्डका लागि एक गोल हेनरिक डालसगार्डले गरेका थिए । 

निर्धारित ९० मिनेटको समयमा दुवै टिमबाट कुनै गोल नभएपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा ३ गोल भएको थियो । फुलह्यामका लागि खेलको १०३ र ११७औ मिनेटमा ब्रायनले गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको अन्तिम मिनेटमा हेनरिकले गोल गर्दै ब्रेंटफोर्डलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

प्रिमियर लिगमा प्रमोशन भएसँगै टेलिभिजन अधिकार र स्पोन्सर डिलबाट अब फुलह्याम करिब १३५ मिलियन पाउण्ड पाउने भएको छ । जबकी ब्रेंट फोर्डले जितेर प्रिमियर लिगमा आएको भए १६० मिलियन पाउण्ड पाउने बताइएको थियो ।

योसँगै फुलह्याम लीड्स युनाइटेड र वेस्टब्रोमविचसँगै प्रिमियर लिगमा बढुवा भएका छन् भने यस सिजनमा नर्विच सिटी, वाटफोर्ड र बोर्नमाउथ रेलिगेसनमा परेर घटुवा भएका छन् ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै