• २०८१ बैशाख २१ शुक्रबार

कोरोनाको भ्याक्सिनमा राजनीतिक दबाब छैन -डा. एन्थोनी फाउची

kharibot

काठमाडौँ । अमेरिकी वरिष्ठ डाक्टर एन्थोनी फाउचीले अमेरिकामा कोरोना भाइरसको भ्याक्सिनका बारेमा वैज्ञानिकहरुलाई कुनै राजनीतिक दबाब नदिने बताएका छन् ।

आउदो नोभेम्बरमा अमेरिकी राष्ट्रपतिको निर्वाचन भएकाले राष्ट्रपति ट्रम्पले चुनाव भन्दा अगाडी कोरोनाको कुनै भ्याक्सिन बनोस् भन्ने चाहि रहेका बेला डा. फाउचीले यस्तो बताएका हुन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीका क्रममा फाउचीले आफुहरुलाई कोरोना भ्याक्सिनको विषयमा कुनै किसिमको दबाब नदिइने बारे आश्वस्त पारिएको बताएका छन् ।

उनले कोरोनाको भ्याक्सिनको मानक राजनीतिक दबाब नभएर सुरक्षा र प्रभाकारिता हुनुपर्ने स्पष्ट गरिएको बताएका छन् ।

अहिले अमेरिका सबैभन्दा कोरोना प्रभावित देश भएको र निर्वाचनको पूर्वसन्ध्यामा नै कोरोनाका कारण ट्रम्पको लोकप्रियता निकै घटेको प्रसंगमा भ्याक्सिन छिटो बनेमा ट्रम्पको लोकप्रियतामा सुधार आउने विश्वास गरिएको छ ।

डा. फाउचीले रोयटर्ससँगको अन्तर्वार्तामा २०२१ को सुरुवातमा नै कोरोनाको भ्याक्सिन आउन सक्ने बताएका छन् ।

अहिले भ्याक्सिन बन्ने प्रक्रिया सकारात्मक रुपमा अगाडी बढिरहेको भन्दै उनले भ्याक्सिन बनाउने कम्पनिहरुले २०२१ को सुरुमा करोडौं डोज भ्याक्सिन दिनसक्ने बताएको जानकारी दिएका छन् ।

साथै डा. फाउचीले भ्याक्सिन बनेपनि कोरोना जस्तो भाइरस पुरै रुपमा निर्मुल भने नहुने बताएका छन् । उनले भने - 'कोरोना भाइरस भ्याक्सिन आएपनि निर्मुल नै हुने कुरामा ग्यारेन्टी गर्न सकिन्न । र अहिले भ्याक्सिन कै बारेमा समेत यो समयमा आउछ भनेर भन्न सकिने अवस्था छैन । तर अहिलेसम्मको प्रकिया सकारात्मकरुपमा अगाडी बढेको छ ।'

अहिले अमेरिकाले जस्तो कोरोनाको असर कुनै देशले नबेहोरेको बताउदै अमेरिकामा मात्र कोरोनाबाट मर्ने २० देखि २५ प्रतिशत रहेको बताए । विश्वको जनसंख्याको ५ प्रतिशत भन्दा कम जनसंख्या भएपनि कोरोनाबाट मृत्यु हुनेको संख्या करिब २५ प्रतिशत हुनुले यसको असर अमेरिकामा कति छ भन्ने प्रष्ट हुने उनले बताएका छन् ।

अमेरिकामा अहिलेसम्म ४९ लाख ७३ हाजर १५५ जना संक्रमित भएका छन् भने एक लाख ६१ हजार ५८१ जनाको मृत्यु भएको छ ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै