• २०८१ बैशाख २१ शुक्रबार

परिवारलाई ज्यान मार्ने धम्की आयो, निजी सुरक्षाकर्मी राखे - डा. एन्थोनी फाउची

kharibot

काठमाडौँ । अमेरिकाको ह्वाइट हाउस कोरोना कार्यदलमा रहेका डा. फाउचीले सुरक्षाको निम्ति व्यक्तिगत सुरक्षाकर्मी राखेका छन् । उनले आफ्नो तीन छोरीको जीवन सुरक्षाको लागि यस्तो निर्णय गरेको बताएका छन् ।

उनका तीन छोरी एलिसन २८, मेघन ३१ र जेनिफर ३४ लाई बारम्बार धम्की आएपछि उनले सुरक्षाकर्मी राख्नुपरेको बताए । 

डा. एन्थोनी फाउची आफ्नो परिवारलाई लगातार धम्की तथा गालीगलौज आएको बताएका छन् ।

फाउची र उनकी श्रीमती क्रिस्टिन ग्र्याडी साथै तीन छोरीहरुलाई धम्की दिएको र शुरुवातमा केहि नलागे पनि पछि सबैजना चिन्तित भएको बताए । 

उनी भन्छन्, “यस्तो धम्कीले परिवारको जीवन र कोरोना भाइरस सम्बन्धि जनताको स्वास्थ्य योजनामा प्रभाव पारिरहेको छ।”

१९८० को एचआइभी/एड्स महामारीको समयमा पनि उनले थुप्रै घृणाको भावना भएको चिठीको सामना गर्नुपरेको थियो तर उनलाई धम्की भने दिइएको थिएन ।

ट्रम्प प्रशासनले थुप्रै हप्ता देखि फाउचीलाई बदनाम गर्न कोशिस गरेसंगै उनलाई घम्की आउन शुरु भएको हो । डा. फाउचीले कोरोना महामारी सम्बन्धि गरेको कामको विरोध गर्नेबाट धम्की आउन थाले पछि सुरक्षाकर्मी राखेका हुन् ।

अमेरिकाको उच्च संक्रामक रोग विशेषज्ञ डा फाउचीले बुधवार आफ्नो लाइभ स्ट्रिममा महामारीले मानिसको सबै भन्दा खराब पक्ष र राम्रो पक्ष दुवै बाहिर ल्याउने बताएका थिए ।

फाउची भन्छन्, “मैले कहिले कल्पना पनि गरेको थिइन कि सर्वसाधारणको स्वास्थ्य निर्देशन तथा मापदण्डको विरोधमा जाने मानिसहरु यति ठुलो काम गर्दछ्न् , यस्तो विज्ञानको युगमा पनि धम्की दिने काम हुन्छ ।”

महामारीको शुरुवातको चरण देखि नै डा फाउचीलाई स्वास्थ्य नियम र निर्देशनको विरुद्धमा जाने मानिसहरुबाट धम्की आउन थालेको थियो ।

ह्वाइट हाउस कोरोनाभाइरस कार्यदलमा रहेका फाउचीलाई मानिसहरुले व्यक्तिगत स्वार्थको लागि नियम लागु गरेको आरोप लगाएका छन् ।

उनले आफुलाई यस्तो प्रकारको धम्की आएको पहिलो पटक नभएको बताएका छन् १९८० र १९९० को दशकमा एचआइभी/एड्स महामारीको समयमा पनि यस्तै भएको बताएका छन् ।

उक्त समयमा उनलाई समय बर्बाद पारेको, समलिङ्गी प्रेमी जस्तो आलोचनाको सामना गर्नुपरेको थियो ।

उनले पहिला मुर्खहरुले गरेको अनावस्यक कुरा भनेर वेवास्ता गरको तर पहिलेको र अहिलेको धम्कीमा निकै फरक भएको बताए ।

उनले भने, “हामी सबै अमेरिकालाई सुरक्षित राख्नको लागि उपायहरु अपनाउदै छौँ तर जानस्वास्थ्यमा नयाँ कुरा लागु गर्न र सम्झाउन निकै कठिन हुन्छ।”

फाउचीले बुधवार अमेरिकाले कोरोनासंग लड्नको लागि नयाँ नीति बनाउनुपर्ने कुरामा जोड दिएका छन् उनले अर्को महिना सम्म हरेक दिन संक्रमितको संख्या कम गर्दै दश हजार संक्रमित प्रति दिन बनाउनुपर्ने बताएका छन् ।

अहिले अमेरिकामा हरेक दिन करिब ६० हजार नयाँ संक्रमित थपिदै गएका छन् । 

उनले सोमबार एक बयानमा यस वर्ष कोरोना भाइरस संक्रमण कम गर्न दैनिक संक्रमितको संख्या घटाउदै लैजानुपर्ने बताएका थिए ।

 उनले अमेरिकी नागरिकलाई कोरोना संक्रमण कम गर्नको लागि मास्क लगाईराख्न, सामाजिक दुरी कायम गर्न, बारहरु बन्द गर्न ,हात नियमित रुपमा धुन र घर बाहिरको क्रियाकलाप बन्द गर्न सुझाव दिएका थिए ।

जुलाईमा ह्वाइट हाउसले उनले महामारीमा गरको गल्तीको बारेमा सुची सार्वजनिक गरेको थियो ।

ह्वाइट हाउसका थुप्रै अधिकारीहरु उनको कतिपय गलत निर्णयको बरेमा चिन्तित रहेका छन् ।

मूख्य सल्लाहकार पिटर नभेरोले फाउची गलत रहेको बताउदै आएका छन् । ह्वाइट हाउसका प्रमुख सूचना अधिकारी डान साभिनोले फाउची गलत बताइएको एक कार्टुन शेयर गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक अन्तर्वार्तामा फाउची छिटै आत्तिएको बताएको थिए । उनले मानिसहरु आफ्नो सुरक्षाको लागि परिवर्तन हुन नचाहने  बताएका थिए ।

ट्रम्पले भने, “मानिसहरुले सुन्दैनन् र चिन्ता हुन्छ, मलाई थुप्रै इमेल र म्यासेजहरु आउछ, सबै मानिससँग मेरो फोन नम्बर छ कि जस्तो लाग्छ।”

अमेरिकामा ४९ लाख भन्दा धेरै संक्रमित भएका छन् भने एक लाख ६१ हजार भन्दा अधिक मानिसले ज्यान गुमाइसकेका छन् ।

क्यलिफोर्निया, फ्लोरिडा र टेक्सस मा एक लाख ८० हजार नयाँ संक्रमित थपिएका छन् भने अन्य राज्यहरुमा पछिल्लो हप्ताको भन्दा केहि कम संक्रमण देखिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै