• २०८१ बैशाख १६ आइतबार

टिभिएस अपाचे २०० ४भी स्मार्ट कनेक्ट फिचरसहित नेपाली बजारमा आउदै

kharibot

काठमाडौँ । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा टिभिएस अपाचे २०० ४भी ल्याउन लागेको छ ।

टिभिएसको नयाँ उत्पादन अपाचे २०० ४भी स्मार्ट कनेक्ट फिचरसहित बजारमा आउन लागेको हो ।

१९७.७५ सीसीको फोर स्ट्रोक आयलकुल्ड १९७.७५ सिसी इन्जिनको यस नयाँ अपाचे आरटीआर २०० ४भीले २०.५ पीएस पावर र १८.१० एनएम टर्क जेनेरेट गर्ने बताइएको छ ।

यसमा रेस टेलिमिल्ट्री, ट्विन बाई ट्विन नेभिगेसन, कल/एसएमएस अलर्ट, लो फ्विल वार्निङ एण्ड एसिस्ट, क्र्यास अलर्टट सिस्टम, लेन एङ्गल मोड, एड्भन्स एबिएस विथ आरपिएल, आरटी स्लिपर क्लच, लगायतका स्मार्ट फिचर्सहरु समावेस रहेका छन् ।

३.९ सेकेन्डम ० देखि ६० किलोमिटर प्रतिघण्टाको स्पिडमा पुग्नसक्ने दावी गरिएको यस मोटरसाइकलको उच्च गति १२७ किलोमिटर प्रतिघण्टा रहेको छ ।

५ स्पिड गियर बक्स रहेको यस मोटरसाइकलको इन्धन क्षमता १२ लिटर रहेको छ । यसमा १८० मिलिमिटर ग्राउण्ड क्लेयरेन्स छ भने ग्लसी ब्याक र पर्ल ह्वाइट गरी २ ओटा रङ्गहरुमा उपलब्ध हुने जगदम्बा मोटर्सले जानकारी गराएको छ ।

यसअघि जगदम्बाले आरटिआर १६० फोर भिको सिंगल डिस्क भेरियन्ट डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै