• २०८१ बैशाख १६ आइतबार

अभिनेता ऋतिक रोशन भन्छन् - दुखद घटनाहरुपछि लाचार महसुस हुदै छ !

kharibot

काठमाडौँ । बलिवुड अभिनेता ऋतिक रोशनले आफुले अहिलेको समयमा लाचार महसुस गरिरहेको बताएका छन् ।

२०२० मा भएका घटनाक्रमका बारेमा लेख्दै ऋतिकले दुखि हुदै आफुले लाचार महसुस गरिरहेको बताएका हुन् । 

ऋतिकले अहिले दुर्भाग्यपूर्ण समयमा हामी सबैले एक अर्कालाई साथ दिनुपर्ने र डटेर अहिलेको मुश्किल समयको सामना गर्नुपर्ने बताएका छन् ।

उनले लेखेका छन् - ' आशाको कुनै किरणमा आश्रित रहन मुश्किल छ, तर यस्तो गर्न पनि जरुरी छ । विश्वभर एकपछि अर्को दुखद घटनापछि आफैले लाचार महसुस गरिरहेको छु । बेरुत विस्फोट, एयर इंडियाको विमान दुर्घटना, मरिससमा पर्यावरणीय आपतकाल, बाढी, भूकम्पसहित कोरोना महामारीसँगको हाम्रो लडाई जारी छ ।'

ऋतिकले सबै घटनामा ज्यान गुमाउनेहरू प्रति दुख व्यक्त गर्दै अहिले विश्वभर यो दुर्भाग्यपूर्ण समयमा हामीले एक अर्काको साथ दिनुपर्ने बताएका छन् । उनले हामी सबै डटेर अहिलेको दुखद समयको सामना गर्नुपर्ने बताएका छन् ।

ऋतिक रोशन पछिल्लो पटक फिल्म 'वार' मा टाइगर सराफसँग देखिएका थिए । जुन फिल्म बक्स अफिसमा सुपर हिटभएको थियो । अहिले ऋतिक कृष-४ मा व्यस्त रहेको बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै