• २०८१ बैशाख १५ शनिबार

आलिया भट्टको फिल्म सडक-२ को ट्रेलर सार्बजनिक (भिडियोसहित)

kharibot

काठमाडौँ । बलिवुडको सन् १९९१ मा बनेको चर्चित फिल्म सडकको सिक्वेलको ट्रेलर सार्बजनिक भएको छ ।

सडक-२ मा अभिनेत्री आलिया भट्टले पहिलो पटक आफ्नो घरकै ब्यानरमा काम गरेकी छन् । फिल्मलाई आलियाकै पिता महेश भट्टले निर्देशन गरेका छन् । आलियाले आफ्नो पिताको निर्देशनमा पहिलो पटक काम गर्न थालेकी हुन् ।

यस अघि कैयौ सुपरहिट फिल्ममा काम गरेकी आइलिया सन् २०१२ मा स्टुडेन्ट अफ द इयरबाट बलिवुडमा आएकी हुन् । ७ बर्षमा आफ्ना पिताको निर्देशनमा पहिलो पटक काम गर्न लागेकी अलियाले आफ्ना पितासँग काम गर्दा आफु नर्भस भएको बताएकी छन् ।

सडक-२ मा आलियासँगै आदित्य रोय कपुर, संजय दत्त र पुजा भट्टले अभिनय गरेका छन् । त्यस्तै यस फिल्ममा गुलशन ग्रोभर र मकरंद देश पाण्डेको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

कोरोना महामारीका कारण फिल्म डिजिटल प्लेटफर्म डिज्नी हटस्टारमा रिलिज हुदै छ । डिज्नी हटस्टारमा फिल्म अगस्त २८ मा रिलिज हुदै छ ।

यस फिल्मको ट्रेलर मंगलबार नै सार्बजनिक हुने भनिएको भएपनि मंगलबार अभिनेता संजय दत्तलाई क्यान्सर भएको खुलासा भएपछि बुधबार बिहान मात्र फिल्मको ट्रेलर सार्बजनिक गरिएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै