रोनाल्डो जुनियरका आइडल मेसी, यसरी भयो इन्टनेटमा मजाक ! 

खरीबोट

काठमाडौँ । विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी एक अर्काका प्रतिद्वंदी मानिन्छन् । मैदानमा भन्दा मैदान बाहिर यी दुई खेलाडीको प्रतिद्वान्दिताको चर्चा बढी हुने गर्दछ । 
यसैबीच रोनाल्डोका छोरा रोनाल्डो जुनियरले आफ्नो आइडल मेसी रहेको सार्वजनिक गरेर चर्चा बटुलेका छन् ।

सामाजिक सञ्जालमा रोनाल्डो जुनियरले @mrahunter नामको इन्स्टाग्राम एकाउन्टबाट 'थ्यांक यु माई आइडल लियो मेसी’ भन्ने सन्देस पोष्ट गरेका थिए । सो पोस्टमा केहि समय अघि फिफाको उत्कृष्ट खेलाडी अवार्डमा आफ्ना पिता रोनाल्डोसँगै मेसीलाई भेटेको तस्विर पोस्ट गरेका थिए ।

तर केहि समयमा नै सो पोस्ट डिलिट गरिएको छ । रोनाल्डो जुनियरले आफ्नो नयाँ इन्स्टाग्राम एकाउन्ट खोलेर सो पोस्ट गरेको भनिए पनि सो इन्स्टाग्राम एकाउन्टको अनुसन्धान गर्दा सो एकाउन्ट फेक रहेको खुलासा भएको छ । इन्टनेटमा गरिएको मजाकका रुपमा लिइएको यस घटनाले विश्व फुटबल प्रेमीलाई तरंगित बनाएको छ ।

जे होस् फिफा अवार्डमा रोनाल्डोले मेसीसँगको भेट देखाएको आत्मियताले उनि मेसीको ठुलो फ्यान भएको संकेत अवस्य गर्दछ ।     
 
 

सम्बन्धित समाचार

मिलानविरुद्ध युभेन्टसको सहज जित, रोनाल्डो र मोन्डुजीकले गरे गोल 

काठमाडौँ। इटालियन सिरी ए अन्तर्गत युभेन्टसले एसी मिलानलाई पराजित गरेको छ । गएराती भएको खेलमा युभेन्टसले मिलानलाई २-० गोल अन्तरले पराजित गरेको हो।  युभेन्टसको जितमा मारियो मोन्डुजीक र क्रिस्टियानो रोनाल्डोले एक

रोनाल्डो र मेसी बिना खल्लो हुदै छ एल क्लासिको !

काठमाडौँ। स्पेनिस ला लिगामा बहुप्रतिक्षित एल क्लासिको आज हुदै छ । स्पेनिस फुटबलको इतिहासमा पछिल्लो ११ बर्षमा पहिलो पटक एल क्लासिको लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो बिना हुदै छ ।

युभेन्टसको जितमा रोनाल्डोले गरे २ गोल 

काठमाडौँ। इटालियन सिरी ए मा युभेन्टसले इम्पोलीमाथि २-१ गोल अन्तरले जित हासिल गरेको छ।  युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका छन्। पहिलो हाफमा १-० ले पछि परेको युभेन्टस दोस्रो

युभेन्ट्स बराबरीमा रोकियो, रोनाल्डोले बनाए नयाँ किर्तिमान 

काठमाडौं। इटालीयन सिरी ए मा युभेन्टस बराबरीमा रोकिएको छ। गएराती भएको खेलमा युभेन्टस गेनोयसँग १-१ गोलको बराबरीमा रोकिएको हो। युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका थिए भने गेनोयका लागि डेनियल


z