काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कुमारी बैंक लिमिटेडबीच सम्झौता भएको छ । दुुबै संस्थाका प्रमुुखहरुले मंसिर २० गते बुुधबार एक कार्यक्रम बीच बैंकासुरेन्ससम्बन्धी सम्झौता गरेका हुुन ।
सम्झौतामा गुराँस लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई र कुमारी बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुज मणि तिमिल्सिनाले हस्ताक्षर गरेकाछन । आफ्ना ग्राहक वर्गलाई सहज रुपमा सेवा प्रदान गर्नको लागि सो सम्झौता गरिएको हो ।
कुमारी बैंक लिमिटेडका ग्राहकहरुले बैंकका सम्पूर्ण शाखा मार्फत गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले हाल मात्र नेपालको जीवन बीमा बजारमा नौलो र आकर्षक योजनाहरु प्रस्तुत गरेको छ ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक नगद फिर्ता जीवन बीमा र एउटै योजनामा सावधिक , आजीवन र पेन्सन जीवन बीमा योजना लगायत १२ वटा योजना ६४ शाखा तथा उपशाखा कार्यालय मार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।