रोल्पा । रोल्पाको पछिल्लो मतपरिणाम प्राप्त भएको छ ।
प्राप्त पछिल्लो परिणामअनुसार प्रतिनिधिसभातर्फ वाम गठबन्धका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुनले फराकिलो अग्रता लिएका छन् । पुनले ५०५१ ल्याएर अगाडि छन् ।
त्यस्तै नेपाली कांग्रेसका अमरसिंह पुनले २६४९ मत ल्याएका छन् ।
रोल्पामा अहिलेसम्म कुल ८८३५ मत गणना हुँदा ६८६ मत बदर भएका छन् ।