• २०८१ बैशाख १५ शनिबार

जमैकालाई पराजित गर्दै ट्रीनबागो सिपिएलको फाइनलमा

kharibot

काठमाडौँ । ट्रीनबागो नाइट राइडर्स क्यारेबियन प्रिमियर लिग (सिपिएल) को फाइनलमा पुगेको छ ।

मंगलबार राति सम्पन्न सेमिफाइनलमा जमैका तल्लावाहलाई ९ विकेटले पराजित गर्दै ट्रीनबागो प्रतियोगिताको फाइनलमा पुगेको हो ।

जमैका तल्लावाहले दिएको १०८ रनको लक्ष्य पछाएको नाइट राइडर्सले १५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

नाइट राइडर्सको जितमा लिंडे साइमन्सले अविजित ५४ रन बनाएका थिए भने टिओनवेबस्टरले अविजित ४४ रन बनाएका थिए । 

जमैकाका लागि एक विकेट मुजीब उर रहमानले लिएका थिए ।

नेपाली स्पिनर सन्दीप लामिछाने भने यस खेलमा विकेट विहिन भएका छन् । सन्दीपले ४ ओभर बलिङ गर्दो २९ रन दिएका छन् । सन्दीपले यस सिजनको सिपिएलमा कुल १२ विकेट लिए ।   

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको जमैकाले २० ओभरमा ७ विकेट गुमाउदै १०७ रन बनाएको थियो ।

जमैकाका लागि नक्रुमाह बोन्नेरले ४१ रन बनाए भने रोभमन पावेलले ३३ रन बनाए भने आन्द्रे रसेलले २ रन बनाए ।

त्यस्तै जमैकाका मुजीब उर रहमान र जेर्मन ब्ल्याकवूड शुन्यमा आउट भएका थिए भने ग्लेन फिलिपले र रन बनाए भने आसिफ अलीले ४ रन बनाएका थिए । त्यस्तै कार्लोस ब्रेथवेटले १३ रन बनाए ।

त्यस्तै ट्रीनबागोका बलर अकील होसैनले ३ विकेट लिए भने खरी पिएरेले २ विकेट लिए । त्यस्तै सुनिल नारान र फवाद अहमदले एक एक विकेट लिएका थिए ।

अब फाइनलमा ट्रीनबागोले गुयाना अमेजन वारियर्स र सेन्ट लुसिया जोउक्सबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै