• २०८१ बैशाख १५ शनिबार

सिपिएल फाइनलमा ट्रीनबगोले पायो १५५ रनको लक्ष्य

kharibot

तस्बीर : सिपिएल२०२०/वेभसाइट

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) को फाइनल खेलमा ट्रीनबगो नाइट राइडर्सले १५५ रनको लक्ष्य पाएको छ ।

अहिले जारी फाइनल खेलमा सेन्ट लुसिया जोउक्सले ट्रीनबागोलाई १५५ रनको लक्ष्य दिएको हो ।

टस हारेर पहिला ब्याटिंग गरेको सेन्ट लुसिया १९.१ ओभरमा अल आउट हुदै १५४ रन बनाएको छ ।

सेन्ट लुसियाका लागी आन्द्रे फ्लेचरले सर्बाधिक ३९ रन बनाए भने मार्क डेयालले २९ र रोष्टन चेजले २२ रन बनाएका थिए ।

त्यस्तै नाजिबुल्लाह जर्दानले २४ रन बनाएका थिए भने जाभेले ग्लेनले ९ रन बनाए । त्यसैगरी सेन्ट लुसियाका रह्कीम कोर्नवेल ८ रनमा, मोहमद नावी २ रनमा र कप्तान डारेन सामी ८ रनमा आउट भएका थिए ।

ट्रीनबागोका बलर केरन पोलार्डले ४ विकेट लिए भने अली खान र फवाद अहमदले २-२ विकेट लिए । त्यस्तै अकील होसैनले एक विकेट लिए ।

अब ट्रीनबागोले जवाफी ब्याटिंग गर्दै छ ।

     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै