• २०८१ बैशाख १५ शनिबार

अपराजित हुदै ट्रीनबगो नाइट राइडर्सले जित्यो सिपिएलको उपाधि

kharibot

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) को उपाधि ट्रीनबगो नाइट राइडर्सले जितेको छ ।

विहिबार राति सम्पन्न फाइनलमा ट्रीनबागोले सेन्ट लुसिया जोउक्सलाई ८ विकेटले पराजित गर्दै यस सिजनको सिपिएलको उपाधि जितेको हो ।

सेन्ट लुसियाले दिएको १५५ रनको लक्ष्य पछाएको ट्रीनबागोले १८.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

ट्रीनबागोका लागि लिंडे सिमन्सले अविजित ८४ रन बनाए भने डेरेन ब्राभोले ब्राभोले ५८ रन बनाएका थिए ।

त्यस्तै टिओन वेबस्टर ५ रन बनाएर आउट भएका थिए भने टीम सेइफर्ट ४ रन बनाएर आउट भएका थिए ।

सेन्ट लुसियाका बलर रोस्टन चेज र स्कट कुगेलेजीनले एक एक विकेट लिएका थिए ।  

यस अघि सेन्ट लुसिया जोउक्सले ट्रीनबागोलाई १५५ रनको लक्ष्य दिएको थियो ।

टस हारेर पहिला ब्याटिंग गरेको सेन्ट लुसिया १९.१ ओभरमा अल आउट हुदै १५४ रन बनाएको थियो ।

सेन्ट लुसियाका लागी आन्द्रे फ्लेचरले सर्बाधिक ३९ रन बनाए भने मार्क डेयालले २९ र रोष्टन चेजले २२ रन बनाएका थिए ।

त्यस्तै नाजिबुल्लाह जर्दानले २४ रन बनाएका थिए भने जाभेले ग्लेनले ९ रन बनाए । त्यसैगरी सेन्ट लुसियाका रह्कीम कोर्नवेल ८ रनमा, मोहमद नावी २ रनमा र कप्तान डारेन सामी ८ रनमा आउट भएका थिए ।

ट्रीनबागोका बलर केरन पोलार्डले ४ विकेट लिए भने अली खान र फवाद अहमदले २-२ विकेट लिए । त्यस्तै अकील होसैनले एक विकेट लिए ।

योसँगै ट्रीनबागोले यस सिजनमा अपराजित हुदै उपाधि जितेको छ । ट्रीनबागोले लगातार १२ खेल जित्दै उपाधि जितेको हो ।

ट्रीनबागोको यो चौथो सिपिएल उपाधि हो । ट्रीनबागोले यसअघि तीन पटक २०१५, २०१७ र २०१८ मा सिपिएलको उपाधि जितेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै