• २०८३ जेठ २९ शुक्रबार

समयमा रसायनिक मल नल्याउने दुई सप्लायर्सलाई कालोसूचीमा राख्न सिफारिस

समयमा रसायनिक मल नल्याउने दुई सप्लायर्सलाई कालोसूचीमा राख्न सिफारिस

प्रतिनिधी तस्वीर

काठमाडौँ । सम्झौता अवधिमा रसायनिक मल नल्याएको भन्दै दुई सप्लायर्सलाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ ।

कृषि सामग्री कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचललाई आज पत्र पठाउँदै शैलुङ इन्टरप्राइजेट र होनिको मल्टिपललाई कालोसूचीमा राख्न सिफारिस गरेको हो । दुई सप्लायर्सले गत आर्थिक वर्ष २०७६/०७७ का लागि आह्वान भएको अन्तराष्ट्रिय बोलपत्र अनुसार २५/२५ हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने ठेक्का पाएका थिए । ठेक्का सम्झौतानुसार मल नल्याएपछि कृषि सामग्री कम्पनीले यसअघि दुवै कम्पनीको जमानत रकम जफत गर्दै कारवाही समेत गरेको छ ।

कम्पनीले कारवाही गरेर थप कारवाही स्वरुप कालोसूचीमा राख्न सिफारिस गरिएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी बताउछन् । “हामीले सम्झौता भएका सबै कागजपत्रसहित सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाएका हौँ, कार्यालयले काजगपत्र हेरेर थप निर्णय गर्नेछ”, उनले भने ।

शैलुङसँग यसअघि नै ठेक्का सम्झौता भएको ठेक्का यथावत रहने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ३० हजार र २५ हजार गरी ५५ हजार मेट्रिक टन रसायनिक मलको ठेक्का सम्झौता भइसकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै