• २०८१ बैशाख १६ आइतबार

'मिडियाले आफ्नो अधिकार उपयोग गर्दा अरूको अधिकार हनन गर्न हुँदैन'

kharibot

फाइल तस्वीर

इलाम । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मिडियाले आफ्नो अधिकार उपयोग गर्दा अरूको अधिकार हनन गर्न नहुने बताएका छन् । उनले मिडिया राष्ट्रिय हितको आफ्नो दायित्वबाट टाढा रहन नसक्ने समेत बताए ।

मिडिया एक्सन नेपालको तालीमको आज आयोजित समापन सत्रमा भिडियो कन्फ्रेन्स मार्फत शुभकामना दिंदै अध्यक्ष तिमिल्सिनाले मिडिया एक्सन नेपालले भ्रामक समाचार सम्बन्धी शोध पुस्तक प्रकाशन गरेकामा आभार व्यक्त गरे । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सञ्चारमाध्यमले सत्यतथ्य सूचना सम्प्रेषण गर्नुपर्ने र गलत सूचना सम्प्रेषण गरेमा सञ्चारमाध्यमप्रति जनताको विश्वास गुम्ने बताए ।

सञ्चारविज्ञ एवम मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले तालीममा सहभागी पत्रकारले पत्रकारिताका नैतिक मानक, भ्रामक र मिथ्या समाचार, सूचना महामारीको रोकथामका सूचक,  वैदेशिक नीति तथा मिडिया, तस्वीरको आधिकारिकता, लैङ्गिक संवेदनशील पत्रकारिता लगायत विषयमा स्वदेशी तथा विदेशी विज्ञले प्रशिक्षण दिएको बताए । तालीममा झापा, इलाम र पाँचथरका ३० पत्रकारको सहभागिता थियो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै