• २०८१ बैशाख १५ शनिबार

क्लिन फिडका बारेमा भ्रम नफैलाउन विज्ञापन संघको आग्रह

kharibot

काठमाडौँ । नेपाल विज्ञापन संघले केही समय देखि विभिन्न संचार माध्यमहरुमा क्लिन फिडका विषयमा सार्वजनिक भएका समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

आइतबार एक विज्ञप्ति जारी गर्दै संघले नेपाल सरकारको निर्णय सहित र संसदबाट पारित भई सम्माननीय राष्ट्रपतिबाट प्रमाणीकरण भएर २०७६ कार्तिक ८ गते नेपाल राजपत्र खण्ड ६९ अतिरिक्ताङक १५ मा प्रकाशित भई कानूनी रुपमा अगाडी बढी सकेको विज्ञापन विधेयकको परिच्छेद २ को दफा ६ उपदफा २ मा स्पष्टरुपमा क्लिन फिडका विषयमा उल्लेख भएका विषय भन्दा फरक खालका धारणाहरु सार्वजनिक हुनु आफैंमा विरोधाभाष भएको जनाएको छ ।

संघले भनेको छ - 'यस्ता विषयमा आम संचार माध्यममा आएका समाचार तथा टिप्पणिहरु बदनियतपूर्ण छन् भन्ने  नेपाल विज्ञापन संघको ठहर रहेकोछ ।'

संघले भनेको छ - 'यस्ता समाचार एवं टिप्पणिलाई आधार बनाई क्लिन फिडका विषय सरोकार राख्नु हुने विभिन्न व्यक्ति, संघ-संस्था तथा संचारगृहहरुलाई भ्रममा नपर्नु हुन समेत संघ अनुरोध गर्दछ ।'

संघले विज्ञापन वोर्ड गठन तथा विज्ञापन नियमन गर्न बनेको विधेयकको कार्यविधि बनाएर सम्बन्धीत मन्त्रालयले अगाडी बढाउने कुरामा विश्वस्त रहेको उल्लेख गरेको छ । साथै क्लिन फिडको समयाबधि २०७७ कार्तिक ७ गते समाप्त हुने भएकोले समयमै लागु हुने विषयमा पनि संघलाई कुनै दुविधा नरहेको बताएको छ । 

साथै बिधेयक मार्फत कानुनी रुपमा अगाडि बढि सकेको क्लिन फिड तोकिएकै मिति २०७७ कार्तिक ८ गते देखि लागु गर्न सम्बन्धित मन्त्रालय एंव नेपाल सरकारसंग संघ जोडदार माग गरेको छ ।

साथै आम नेपाली संचारमाध्यम तथा विज्ञापन एजेन्सिहरुको कल्याणकारी बिधेयकको रुपमा आएको यस बिधेयकलाई लागु गराउने बिषयमा आमसंचार माध्यमको सहयोग अतुलनिय रहने हुँदा आमसंचार माध्यमले पनि यस बिषयलाई गम्भिरताका साथ लिन संघले आग्रह गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै