• २०८१ बैशाख १६ आइतबार

क्रिकेटर भण्डारीको उपचारमा सरकारको सहयोग हुन्छ - खेलकूदमन्त्री विश्वकर्मा

kharibot

फाइल तस्बीर

काठमाडौँ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले क्रिकेटका राष्ट्रिय खेलाडी ललितसिंह भण्डारीको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् ।

मन्त्री विश्वकर्माले स्थानीय ग्राण्डी अस्पतालमा उपचाररत भण्डारीको अवस्थाबारे आज त्यहाँ पुगेर जानकारी लिए । 

सो अवसरमा उनले भण्डारीको स्वास्थ्यलाभको कामना गर्दै  उनको उपचारमा सरकारका तर्फबाट आवश्यक सहयोग रहने आश्वासन दिनुभयो । उहाँको उपचारका विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालसित छलफल गर्ने जानकारी पनि  दिए । 

उपचारमा संलग्न चिकित्सकका अनुसार भण्डारीले कम्तीमा पनि अझै एक महिना अस्पतालमा बस्नुपर्ने छ । भण्डारीको गत साता हात र खुट्टाको शल्यक्रिया गरिएको थियो । उनी गत साता कञ्चनपुरको झलारीमा मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका थिए ।

भण्डारीलाई कोहलपुर शिक्षण अस्पतालमा उपचार हुन नसकेपछि  ग्रान्डी अस्पताल ल्याइएको हो । दुर्घटनामा उनको दायाँ खुट्टा र हात भाँचिएको थियो । भण्डारी राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका बायाँहाते तीव्र गतिका बलर हुन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै