• २०८१ बैशाख २० बिहीबार

प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ-क्वारेन्टाइनमा

kharibot

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ-क्वारेन्टाइनमा बसेका छन् ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारी अनुसार प्रधानसेनापति थापा आजदेखि सेल्फ क्वारेन्टाइनमा बसेका हुन् । 

उनको निवासको भान्सामा कार्यरत एकजनालाई शनिबार कोरोना पुष्टि भएपछि हेल्थ प्रोटोकल अनुसार प्रधानसेनापति थापा सेल्फ-क्वारेन्टाइनमा बसेको बताइएको छ ।

देशमा कोरोना महामारीको संक्रमण बढेसँगै नेपाली सेनामा कोरोनाको संक्रमण फैलिएको छ । 

नेपाली सेनामा अहिलेसम्म २ हजार १९७  संक्रमित भएका छन् भने ५३९ संक्रमण मुक्त भएको नेपाली सेनाले जनाएको छ । अहिले नेपाली सेनामा १६५६ सक्रिय संक्रमित रहेका छन् ।         

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै