• २०८१ बैशाख १६ आइतबार

र्यापर भिटेनको नम्बर एक ट्रेडिङमा रहेको गीत युट्युबबाट हटाइयो

kharibot

काठमाडौँ । चर्चित र्यापर भिटेन (समिर घिसिङ) को नयाँ गीत 'पारा' युट्युबबाट हटाइएको छ । भिटेन म्युजिक च्यानलमा रहेको सो गीत अहिले सो च्यानलबाट हटाइएको छ । 

ट्रेडिङमा नम्बर एकमा रहेको भिटेनको सो गीत युट्युबबाट विहिबार हटाइएको हो ।

यो गीतलाई पाँच दिनमा १० लाख भन्दा बढीले हेरेका थिए । 

अश्लिल गीत गाएको आरोपमा एक बर्ष अगाडी प्रहरीले पक्राउ गरेर अबदेखि यस्तो नगर्ने शर्तमा छुटेका भिटेनको यस गीतमा समेत कैयौं अश्लिल शब्दको प्रयोग गरेका थिए ।

उनको गीतमा अश्लिल शब्दको प्रयोगपछि प्रहरीले कारवाही गर्ने डरले उनले हटाइएको अनुमान गरिएको छ । यस बारेमा उनले आधिकारिक जानकारी दिएका छैनन् ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै