• २०८१ बैशाख १६ आइतबार

क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमण मुक्त

kharibot

काठमाडौँ । फुटबलर क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमण मुक्त भएका छन् । सक्रमण पुष्टि भएको १९ दिनपछि रोनाल्डोको पिसिआर परिक्षण निगेटिभ आएको छ ।

युभेन्टसले रोनाल्डोको कोरोना परिक्षण निगेटिभ आएको जानकारी दिएको छ । अक्टोबर १३ मा कोरोना संक्रमण पुष्टि भएपछि रोनाल्डोले युभेन्टसका महत्वपूर्ण खेल गुमाएका थिए ।

उनले पोर्चुगलको स्विडेनविरुद्धको खेल सहित युभेन्टसका सिरी ए का क्रोटोने र भेरोनासँगका खेल गुमाएका थिए भने च्याम्पियन्स लिगका डाइनामो किभ र बार्सिलोनासँगका खेल गुमाएका थिए ।

अब रोनाल्डोको अर्को परिक्षण आज फेरी हुने र उनी प्रशिक्षणमा जाने युभेन्टसले जानकारी दिएको छ । युभेन्टस आइतबार सिरी ए अन्तर्गत स्पेजियाविरुद्ध खेल्दै छ ।      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै