कास्कीमा दुवै सभाको समानुपातिकतर्फ पहिलो पार्टी बन्यो एमाले

खरीबोट
ad

पोखरा / प्रतिनिधिसभाका तीनवटै सिट जितेको नेकपा (एमाले) कास्कीको प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ पनि पहिलो पार्टी बनेको छ । 

एमालेले ८२ हजार ६५८ मत ल्याएको छ भने नेपाली काँग्रेसले ६० हजार ७८९ मत ल्याएको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले बताए । 

नेकपा (माओवादी केन्द्र)ले १३ हजार ८८१, विवेकशील साझा पार्टीले सात हजार ३२७, राप्रपाले तीन हजार ३३३, संघीय समाजवादी फोरम नेपालले एक हजार ३८७ र नयाँ शक्तिले एक हजार १६३ मत ल्याएका छन् । समानुपातिकतर्फ सात हजार २६१ मत बदर भएको थियो । 

यस्तै प्रदेशसभातर्पm एमालेले ७७ हजार ४८७, नेपाली काँग्रेसले ५८ हजार १७२, माओवादी केन्द्रले १६ हजार ५४५, विवेकशील साझा पार्टीले पाँच हजार ६२४, राप्रपाले तीन हजार ६१०, संघीय समाजवादी फोरमले एक हजार ८५१ र नयाँ शक्ति पार्टीले एक हजार ५३६ मत ल्याएका छन् । प्रदेशसभामा सात हजार २७१ मत बदर भएको छ । 

कूल दुई लाख ५५ हजार ४५२ मतदाता रहेको कास्कीमा प्रदेशसभा र प्रतिनिधिसभामा गरी दुवैमा एक लाख ८० हजार ५७३ मत खसेको थियो । निर्वाचनमा एक लाख ७३ हजार ३१२ मत सदर भएको थियो । जिल्लाभरको समानुपातिकमा ४९ र प्रदेशमा २० दल सहभागी भएका थिए । 

सम्बन्धित समाचार

कास्कीमा ८८ हजार साधुसन्त र भक्तजनको महामिलन हुँदै

कास्की । चार वेद र १८ पुराणका रचनाकार वेदव्यासको जन्मभूमि तनहुँ व्यास गुफा परिसरमा आगामी कात्तिक महीनामा ८८ हजार साधुसन्त र भक्तजनको महामिलन गराइने भएको छ । वेद–अनुयायी प्रतिष्ठान नेपालको आयोजनामा

कास्कीमा चङ्गा उडाउने क्रममा करेन्ट लागेर बालकको मृत्यु

कास्की । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं १ टुसेमा शुक्रबार साँझ चङ्गा उडाउने क्रममा एक बालकको ज्यान गएको छ । स्थानीय हिमालय आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत बलबहादुर पुनका

कास्कीमा चङ्गा उडाउने क्रममा करेन्ट लागेर बालकको मृत्यु

कास्की । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं १ टुसेमा शुक्रबार साँझ चङ्गा उडाउने क्रममा एक बालकको ज्यान गएको छ । स्थानीय हिमालय आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत बलबहादुर पुनका

कास्कीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

कास्की । पोखरा महानगरपालिका–३२ को खुदीखोला सुकुम्वासी बस्तीमा श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान् पक्राउ परेका छन् । बुधबार राति घरमै श्रीमतीको हत्या गरेर उनी भागेका थिए । बिहानदेखि घटनास्थल पुगेको


z