• २०८१ बैशाख २६ बुधबार

कैलालीको अत्तरियामा बेवारिसे शव फेला

kharibot

गोदावरी । कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा रहेको प्रतीक्षालयमा वेवारिसे शव भेटिएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत चौधरीले शनिबार साँझ प्रतीक्षालयमा बेवारिसे शव भेटिएको बताए ।

अन्दाजी ६० वर्षीया महिलाको शव भेटिए पनि पहिचान नखुलेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै