• २०८१ बैशाख २० बिहीबार

जो बाइडेनद्वारा नयाँ सरकार गठनको तयारी शुरू

kharibot

काठमाडौँ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले नयाँ सरकार  गठन गर्ने आफ्नो योजना शुरु गरेका छन् । निर्वाचन सम्पन्न भएदेखि राष्ट्रपतिले शपथ लिने जनवरी २० सम्मको समय अमेरिकामा सत्ता हस्तान्तरणको ट्रान्जिसन समय हुने गर्दछ ।

यसै ट्रान्जिसन समयको आफ्नो काम बारे जानकारी दिन बाइडेनले Buildbackbetter.com नामको वेबसाइटको शुरुवात गरेका छन् । जसमा यस समयमा गरिने र गर्न लागेका काम बारे जानकारी दिइने बताइएको छ ।

त्यस्तै बाइडेनले आफ्नो ट्रान्जिसन समयको जानकारी दिन @transition46 नामको ट्वीटर ह्यान्डलको समेत सुरुवात गरेका छन् ।

बाइडेनले राष्ट्रपतिको शपथ लिएसँगै डोनाल्ड ट्रम्पले लागु गरेका केहि अन्तर्राष्ट्रिय रुपमा चर्चित नीतिलाई उल्टाउने तयारी गरेका छन् । जसमा जलवायु सम्बन्धि पेरिस सम्झौताबाट बाहिरिएको अमेरिकालाई फेरी यस सम्झौता अन्तर्गत ल्याउने छन् भने अमेरिकाको भिसा नीति तथा विश्व स्वास्थ्य संगठनसँगको सदस्यता विषयमा तुरुन्तै निर्णय लिने तयारी गरेका छन् ।

साथै कोरोना महामारीविरुद्धको लडाईमा बाइडेनले आजै १२ विशेषज्ञ टिमको घोषणा गर्ने बताएका छन् । विशेषज्ञको टिमले बनाएको कोरोना रोकथामको उपायलाई बाइडेन राष्ट्रपतिको शपथ लिना साथ लागु गर्ने बताएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै