• २०८१ बैशाख १५ शनिबार

पूर्वराज्यमन्त्री गौचनको निधन

kharibot

फाइल तस्वीर

बागलुङ । पूर्वराज्यमन्त्री ओमकार प्रसाद गौचनको आज निधन भएको छ ।

८५ वर्षीय गौचनको राजधानीस्थित दीर्घायु अस्पतालमा निधन भएको बागलुङ कल्याण समाज काठमाडौँका अध्यक्ष विराटकुमार श्रेष्ठले जानकारी दिए ।

विसं १९९२ मा बागलुङ नगरपालिका–३ नारायणचोकमा जन्मनुभएका उहाँ विसं २०४३ मा स्वास्थ्य राज्यमन्त्री भएका थिए । त्यसअघि उनी शिक्षा र सञ्चार सहायक मन्त्रीसमेत बनेका थिए । 

गौचन विसं २०२४ मा बागलुङ जिल्लाबाट राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित भएकाा थिए । विसं २०४८ को चुनावमा गौचन नेपाली काङ्ग्रेसका तर्फबाट बागलुङ क्षेत्र नं ३ को सांसदमा निर्वाचित भएका थिए ।

राजनीतिसँगै समाजसेवामा समेत उत्तिकै सक्रिय गौचन लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्ष समेत थिए । विसं २००३ मा बागलुङमा स्थापित विद्यामन्दिर पुस्तकालयको उहाँ प्रधान संरक्षक थिए। जिल्लाको शैक्षिक र सामाजिक सुधारमा गौचनको अमूल्य योगदान रहेको नागरिक समाज बागलुङका संयोजक काजी गाउँले श्रेष्ठले बताए । दिवङ्गत गौचनका एक छोरा र चार छोरी छन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै