• २०८१ बैशाख २० बिहीबार

ट्रम्पले विश्वलाई डरलाग्दो सन्देश दिए - जो बाइडेन

kharibot

काठमाडौँ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले राष्ट्रपति ट्रम्पले निर्वाचनको परिणाम स्वीकार नगरेर विश्वलाई डरलाग्दो सन्देश दिएको बताएका छन् । 

बाइडेनले कोरोना भाइरसको बारेमा विभिन्न राज्यका डेमोक्रेट र रिपब्लिकन गभर्नरहरुसँग भर्चुअल छलफल गर्दै ट्रम्पले अमेरिकाको बारेमा विश्वलाई नराम्रो सन्देश दिएको बताएका छन् ।

निर्वाचनको परिणाम अस्विकार गर्दै ट्रम्पले विभिन्न कानुनी लडाई लडिरहेको र निर्वाचन आफुले नै जित्ने बताउदै आएका ट्रम्पले कैयौं राज्यमा मुद्धा दायर गरेका छन् ।

ट्रम्प क्याम्पेनले दायर गरेका मुद्धामा असफलता हासिल भएपछि ट्रम्पले आज रिपब्लिकन सिनेटरहरुलाई छलफलका लागि ह्वाइटहाउसमा बोलाएको बताइएको छ ।

इलेक्ट्रोल मतमा केवल २३२ मत हासिल गरेका ट्रम्पले लोकप्रिय मतमा समेत बाइडेन भन्दा ५९ लाख मतले पछाडी रहेका छन् ।

अहिलेसम्म अमेरिकी निर्वाचनको अधिकारिक परिणाम सार्बजनिक भएको छैन । राज्यहरुले आफ्नो राज्यको कानुन अनुसार आउदो साता धेरै जसो राज्यले निर्वाचनको अन्तिम परिणामको प्रमाणपत्र दिने छन् । अहिले ट्रम्पको प्रयास सो प्रमाण पत्र जारी हुनु अगाडी निर्वाचन परिणामलाई उल्टाउनु रहेको बताइएको छ ।

यसैबीच बाइडेनले आफ्नो काम शुरु गर्दै कोरोना महामारी नियन्त्रण गर्न राज्यका गभर्नरहरुसँग छलफल थालेका हुन् । बाइडेनले  अमेरिकी प्रजातन्त्र कसरी चलेको छ भन्ने बारे ट्रम्पले निकै क्षति पुर्याउने सन्देश दिएको बताएका छन् ।

साथै बाइडेनले ट्रम्पलाई अमेरिकी इतिहासमा सबैभन्दा गैरजिम्मेवार राष्ट्रपतिको रुपमा सम्झीइने प्रतिक्रिया दिएका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै