• २०८१ बैशाख १६ आइतबार

प्रदेश नम्बर ५ को राजधानी वुटवल नै उपयुक्त – अध्ययन टोली

kharibot

फाइल तस्बिर, बुटवल बजार

रुपन्देही । प्रदेश नम्बर ५ को अस्थायी राजधानी कहाँ बनाउने भन्ने विषयमा छलफल चलिरहेको बेला अध्ययन टोलीले बुटवल नै उपयुक्त भएको निष्कर्ष निकालेको छ । 
भौतिक पूर्वाधारदेखि अनेक हिसावले बुटवल उपयुक्त भएको प्रतिवेदन आइतबार टोलीले सरकारलाई बुझाउने भएको छ ।

क्षेत्रीय सहप्रशासक बाबुराम गौतम नेतृत्वको टोलीले रुपन्देहीका विभिन्न स्थानका भौतिक संरचनादेखि विभिन्न पक्षका बारेमा अध्ययन गरेको थियो । 
‘बुटवलसहित आसपासका समग्र क्षेत्रको अध्ययन गर्यौँ र हामी बुटवल पूर्वाधार लगायतका हिसावले वलियो रहेको निष्कर्षमा पुग्यौँ’, गौतमले भने,‘राजधानीका लागि बुटवल उपयुक्त छ भन्ने प्रतिवेदन भोलि साँझ (आइतवार) सम्ममा सरकारलाई बुझाउछौँ ।’

टोलीले सरकारी कार्यालयहरुका भवनका अतिरिक्त विभिन्न संघ सस्थाका भवनहरुको पनि अध्ययन गरेको थियो । 
शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रुपन्देहीका प्रमुख तथा अध्ययन टोलीका सदस्यसमेत रहेका सुरेश ठाकुरले भौतिक संरचनाका हिसावले बुटवल उपयुक्त रहेको बताए । उनले भने,‘अध्ययनका क्रममा मन्त्रालय, सचिवालय, निवाससँगै सबै हिसावले बुटवल उपयुक्त भएको पाइएकाले सोही अनुसारको प्रतिवेदन सरकारलाई बुझाउछौँ ।’

अध्ययन टोलीले शुक्रवार भैरहवाका सरोकारवाला पक्षसँग छलफलसमेत गरेको थियो । भने शनिबार बुटवलमा थप स्थलगत अध्यानका साथै सरोकारवालासँग छलफल गरेको छ ।

भवन उपलब्ध गराउनेको होडबाजी

प्रदेशको राजधानी बुटवल बनाउन विगतदेखि नै पहल गर्दै आएका विभिन्न संघ संस्थाहरुले आवश्यक परेमा आफ्ना कार्यालय रहेका भवन दिन राजी भएका छन् ।

प्रदेश राजधानीका लागि भवन उपलब्ध गराउन उनीहरुले समिति समक्ष लिखित प्रतिवद्धता जनाए । शनिवार बुटवल उद्योग वाणिज्य संघमा पुगेको टोलीले प्रदेशसभाका लागि सभाहलदेखि संसदका लागि आवश्यक संरचनाको अध्ययन गरेको थियो ।

संघका पूर्वअध्यक्षहरु हिराप्रसाद श्रेष्ठ, निर्मल लाकौल, जिवन ओझा, ज्ञानेन्द्र कसजु, नवराज श्रेष्ठ, सुरेन्द्रप्रसाद श्रेष्ठ, निवर्तमान अध्यक्ष महेशमान सिंह, तथा वर्तमान अध्यक्ष खिमवहादुर हमाललगायतको उपस्थीतिमा भएको छलफलमा भवन उपलब्ध गराउन संघले प्रतिवद्धता जनाएको छ ।

अध्यक्ष हमालले बुटवलका लागि प्रदेशको राजधानी उपयुक्त हुने निष्कर्षसहित भवन उपलब्ध गराउन लिखित रुपमा प्रतिवद्धता जनाइएको बताए । कार्यक्रममा अनुपमान सैजु, विमलराज भट्टराईलगायतले बुटवललाई प्रदेशको राजधानी वनाउनुपर्नेमा जोड दिए ।

प्रदेश प्रमुख, मुख्यमन्त्री देखि मन्त्रीहरुका लागि प्रस्तावित भवन

अध्यान टोलीले प्रदेश राजधानी बुटवल तोक्नका लागि दरिलो तर्क प्रस्तुत गर्नुका साथै प्रदेश प्रमुख, मुख्य मन्त्री, मन्त्रीका कार्यालयदेखि निवाससम्मका लागि उपयुक्त भवनको टुंगो लगाउदै छ ।

टोलीको प्रस्ताव :

प्रदेश प्रमुखको सचिवालय : इलाका वन कार्यालय

निवासः सीप विकास केन्द्र बुटवल

मुख्य मन्त्रीको कार्यालय : राजश्व अनुसन्धान कार्यालय

अन्य मन्त्रालयहरु :

यातायात व्यवस्था कार्यालयको भवन, इलाका प्रशासन कार्यालयको भवन, नापतौल तथा गुणस्तर कार्यालयको भवन, भुमिगत जलश्रोतको कार्यालय, रुपन्देही व्यापार संघको भवन, श्रम कार्यालयको भवनमै ३/४ वटा मन्त्रालय राख्न सकिने, त्यस्तै गहुवाली अनुसन्धानको भवनमा प्रदेश सभामुख तथा उपसभामुखको निवास, भैरहवा लुम्विनी भुमिगत जल परियोजनाका भवनहरुमा मन्त्री निवासका लागि उपयुक्त हुने ठहर गरेको छ ।

यी भवनहरुका अतिरिक्र आवश्यक परेमा अन्य सरकारी कार्यालयका भवनहरु पनि लिन सकिने निष्कर्षमा समिति पुगेको छ । थुप्रै भवन तथा जग्गाहरु उपयुक्त रहेको समितिका सदस्यहरुले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै