• २०८१ बैशाख २१ शुक्रबार

चन्द्रमामा पहिलो पटक महिला अन्तरिक्षयात्री लैजाने बेजोसको तयारी

kharibot

प्रतिनिधि तस्वीर

काठमाडौँ । नासाले सन् २०२४ सम्ममा चन्द्रमामा महिला अन्तरिक्षयात्री पठाउने निर्णय गरेको छ । नासाको अनुसार, 'जब ती महिला चन्द्रमामा जानेछिन् तब जेफ बेजोसको ब्लु ओरिजिन बीई-७ इन्जिन भएको यानमा यात्रा गर्नेछिन् ।'

अमेजनका संस्थापक तथा सीइओले आफ्नो इन्स्टाग्राम अकाउन्ट मार्फत अलबामा स्थित हन्ट्सभिलबाट बीई-७ को परिक्षण भिडियो सार्वजनिक गरेका छन् ।

उनले क्याप्सनमा लेखेका छन्, 'यस इन्जिनले चन्द्रमाको सतहमा पहिलो महिलालाई लैजाने छ ।'

करिब दश सेकेन्डको उक्त भिडियोमा चौंथो थ्रस्ट चेम्बरको सिरिज बीई-७ इन्जिन दिखाइएको छ । ब्लु ओरिजिनको अनुसार, यस भव्य प्रदर्शन (हाई पर्फर्मेन्स) इन्जिनले दश हजार पाउण्डको थ्रस्ट फोर्स उत्पादन गर्न सक्छ ।

यसको मानव अवतरण (ह्युम्यान ल्यान्डिंग सिस्टम) अन्तर्गत ब्लु ओरिजिनको राष्ट्रिय टिमले गर्नेछ ।

यो लकहिड (एलएमटि ), नर्थरोप ग्रुम्यान (एनओसी) र ड्रेपरले निर्माण गरिएको छ । करिब २० मिनेटको लागि टेस्ट गरिएको इन्जिनको बारेमा बेजोसले इन्स्टाग्राममा पोष्ट गरेका छन् ।

नासाले अप्रिलमा घोषणा गरे अनुसार, ब्लु अरिजिनले चन्द्रमामा ल्याण्ड गर्ने यान बनाउने अनुमति पाएको थियो । 'द लुनार ल्याण्डर' आर्टिमिस कार्यक्रमको सबै भन्दा महत्वपूर्ण भाग रहेको नासाले बताएको छ । जसमा दुई जना अन्तरिक्ष यात्री, एक महिला-एक पुरुष चन्द्रमा जानेछन् ।

सन् १९७२ पछि पहिलो पटक चन्द्रमामा मानिसले आफ्नो पाइला राख्नेछन् । नासाका एड्मिनीस्ट्रेटर ब्राइडेनस्टाइनले पछिल्लो वर्ष स्पेस एजेन्सीले निजि क्षेत्रसंग सहकार्य गर्दै 'लुनार मिसन' मा जाने बताएका थिए ।

उनी भन्छन्, 'कांग्रेसको सहमति पछि हामीले २१ औं सताब्दीमा चन्द्रमामा पहिलो मानव पाइला राख्ने काम अमेरिकाको हुने निर्णय गरेका छौँ र हामीले आफ्नो अनुसन्धानलाई व्यापक बनाएका छौँ । यसको लागि बजेट र अन्य आवश्यकताका सामान जुटाएका छौं ।'
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै