• २०८१ बैशाख २७ बिहीबार

अमेरिकास्थित भारतीय विदेशी दुतावासमा कडा सुरक्षा व्यवस्था 

kharibot

प्रतिनिधि तस्वीर

काठमाडौँ । वाशिंगटन डीसीमा भारतीय दूतावासको आगाडी रहेको महात्मा गान्धीको मुर्ति तोडफोड गरिएको र खालिस्तानी झण्डा लहराएको घटना पछि अमेरिकाले भारतीय दुतावासलाई पूर्ण सुरक्षा प्रदान गर्ने बताएको छ ।

अमेरिकी सरकारका प्रवक्ताको अनुसर, “यस घटनाले हामी अमेरिकामा सबै दुतावासमा कडा सुरक्षा प्रदान गर्ने जिम्मेवारी लिनेछौं । हामी यस सम्बन्धमा भारतीय दुतावास संग कुराकानी गर्दैछौं । ”

त्यस्तै ह्वाइट हाउसका प्रेस सेक्रेटरी केलीग म्याकएनीले पनि घटना प्रति दुख व्यक्त गर्दै भनेका छन्, “ कुनैपनि व्यक्तिको प्रतिमालाई यसरी क्षति पुराउनु हुँदैन । विशेषरुपमा महात्मा गान्धी, जसले स्वतन्त्रताको लडाई लडेका थिए र यसको प्रतिनिधित्व अमेरिकाले पनि गर्दछ जस्तै ,शान्ति, न्याय र स्वतन्त्रता ।"

उनले भने, “अमेरिकामा यस्तो दिई पटक भइसकेको छ । हामी महात्मा गान्धीको प्रतिष्ठालाई सम्मान दिन चाहन्छौं र विशेषगरी अमेरिकाको राजधानीमा ।” 

हालै किसान आन्दोलनको नाममा एक संगठनले वाशिंगटन डीसीमा भारतीय दुतावासको अगाडी प्रदर्शन गर्दै खालिस्तानी झण्डा लहराएका थिए । उनीहरुले महात्मा गान्धीको प्रतिमालाई तोडफोड गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै