• २०८१ बैशाख १५ शनिबार

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई आजीवन कुनै मुद्धा नलाग्ने, नयाँ कानुनमा हस्ताक्षर 

kharibot

काठमाडौं । रूसको संविधानमा नयाँ संशोधन गरिएको कारण रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका परिवारलाई उनी राष्ट्रपति पदबाट हटेपनि कुनैपनि आपराधिक मुद्धा दर्ता हुने छैन ।

रूसका सबै नेताहरुले यसमा समर्थन गरेका छन् भने रुसको दुवै सदनबाट यसलाई पारित गरिएको छ ।

रुसको संसदको दुवै सदनबाट पास भएपछि पुटिनले मंगलबार यस आजीवन सुरक्षा दिने कानुनमा हस्ताक्षर गरेका छन् ।

यस विधेयक ती सबै संवैधानिक संशोधनको भाग हो जसलाई यसै वर्ष जुलाईमा एक जनमत संग्रहमा सहमति दिइएको थियो ।

उक्त जनमत संग्रहमा पुटिन सन् २०३६ सम्म राष्ट्रपति हुनेछन् ।

विधेयकलाई मंगलबार अनलाइन प्रकाशित  गरिएको छ र पूर्व राष्ट्रपति र उनको परिवारलाई  जीवनकालको क्रममा कुनै आपराधिक क्रियाकलापको लागि मुद्धा दर्ता हुने छैन । साथै उनीहरुलाई प्रहरी र अनुसन्धानकर्ता वा पक्राउ र सोधपुछ गर्न पाइने छैन ।

अहिले रुसमा केवल एक पूर्व राष्ट्रपति दमित्री मेदवेदेव जिउँदो छन् जसलाई पुटिनको साथै नयाँ कानुनको सुविधा मिल्नेछ । दमित्री मेदवेदेव पुटिनका सहयोगी हुन् ।

नयाँ कानुन अन्तर्गत, रुसका पुर्वराष्ट्रपति को साथै उनका परिवारका सदस्य पनि प्रहरी जाँच र सोधपुछको दायरा भन्दा बाहिर हुनेछन् । साथै उनीहरुको सम्पत्ति पनि जफत गर्न मिल्नेछैन ।

पुटिन ६८ वर्षका भए र उनको चौथो कार्यकाल सन् २०२४ मा पुरा हुनेछ तर संवैधानिक परिवर्तन पछि उनी अब छ वर्षको दुई कार्यकाल पुरा गर्न सक्छन् । पुटिन सन् २००० देखि रुसको नेतृत्व गर्दै छन् ।

यस नयाँ सुरक्षा कानुनमा असाधारण परिस्थितिमा गरिएको गम्भीर अपराध र देशद्रोहको मामिलालाई अपवादको श्रेणीमा राखिएको छ । मतलब यस्तो परिस्थितिमा पुर्वराष्ट्रपतिमा मुद्दा चलाउन मिल्नेछ ।

आउँदो वर्ष राजिनामाको चर्चा 

लगभग २१ वर्ष देखि रुसको सत्ता सम्हालिरहेका राष्ट्रपति भ्लादिमिर पुटिन आउँदो वर्ष आफ्नो पदबाट राजिनामा दिन सक्छन् । 

संचार माध्यममा सार्वजनिक भएको एक रिपोर्टको अनुसार, राष्ट्रपति पुटिन गम्भीर पार्किन्संस रोगबाट पिडित छन् ।

त्यस्तै उनकी ३७ वर्षीय गर्लफ्रेन्ड एलिना काबेवा र उनकी दुई छोरी ३५ वर्षीय मारिया वोर्त्सोवा र ३४ वर्षीय  कतेरीना तिखोनोवा राष्ट्रपतिको पद छोड्नको लागि उनलाई दवाव बनाइरहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै