• २०८१ बैशाख १८ मंगलबार

रजनीकान्त अस्पतालबाट डिस्चार्ज

kharibot

काठमाडौँ । ब्लड प्रेशर बढेपछि अस्पताल भर्ना भएका बलिवुड अभिनेता रजनीकान्त डिस्चार्ज भएका छन् । ७० बर्षिय सुपरस्टार अभिनेता रजनीकान्तको ब्लड प्रेशर बढेपछि शुक्रबार  हैदरावादस्थित एपोलो अस्पतालमा भर्ना गरिएको थियो ।

भारतीय समाचार एजेन्सी एएनआइले  रजनीकान्तको स्वास्थ्य अवस्थामा सुधार भएकोले उनलाई अस्पतालले डिस्चार्ज दिएको उल्लेख गरेको छ । अस्पतालले अहिले रजनीकान्तको ब्लड प्रेशर स्थिर रहेको बताएको छ । 

हालै रजनीकान्तको फिल्म अन्नाथेको सेटमा सात शुटिंग युनिटका सदस्यलाई कोरोना संक्रमण भएपछि शुटिंग रोकिएको थियो ।  अभिनेता रजनीकान्तको पनि कोरोना परिक्षण गरिएकोमा उनको नतिजा भने निगेटिभ आएको थियो ।

रजनीकान्तलाई ब्लड प्रेशरका साथै थकावट महसुस भएपछि अस्पताल भर्ना गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै