• २०८१ बैशाख १८ मंगलबार

अविश्वासको प्रस्तावको सामना गर्छु, प्रदेशलाई कोल्याप्स हुन दिन्न - मुख्यमन्त्री शेरधन राई

kharibot

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफु विरुद्धको अविश्वासको प्रस्तावको सामना गर्ने बताएका छन् ।

आफुविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि मिडियामा कुरा गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले काम गर्न नसकेर अविश्वास प्रस्ताव आएको नभई सुनियोजित र खास ठाउबाट निर्देशित भएर आएको बताए ।

मुख्यमन्त्री राईले संघियतालाई संस्थागत हुन नदिने षड्यन्त्रका रुपमा अविश्वास प्रस्ताव आएको बताए ।

प्रदेशलाई मुख्यमन्त्रीले सहि दिशामा लगेको प्रदेशका प्रदेश सभा सदस्यलाई राम्रोसँग थाहा भएको भन्दै प्रदेशलाई कोल्याप्स बनाउने चाहना पुरा हुन नदिइने बताए ।

मुख्यमन्त्री राईविरुद्ध नेकपाकै ३७ सांसदले हस्ताक्षर गरेर आजै अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।

प्रदेश १ मा प्रदेश १ मा मुख्यमन्त्री रहेका शेरधन राई ओली पक्षका नेता हुन् । प्रदेश १ मा कुल ९३ प्रदेश सिट मध्ये नेकपाका ६७ सिट रहेका छन् । ६७ सिट मध्ये ४२ सिट प्रचण्ड-नेपाल पक्षका छन् भने ओली पक्षका केवल २१ सिट रहेका छन् । जसमा ४ जनाले आफ्नो पक्ष अझै खोलेका छैनन् । 

त्यस्तै यस प्रदेशमा काँग्रेसका २१ सांसद छन् भने जनता समाजवादीका ३, राप्रपाको एक र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मंचको एक सिट रहेको छ ।             

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै