• २०८१ बैशाख २१ शुक्रबार

राष्ट्रपति ट्रम्प घेराबन्दीमा : राजीनामा गराउनेदेखि महाभियोग लगाउने सम्मको तयारी

kharibot

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो पटक महाभियोग लगाउने तयारी भएको छ । अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेनटेटिभकी सभामुख नान्सी पेलोसीले राष्ट्रपति ट्रम्पले राजीनामा नदिएमा महाअभियोग लगाउने तयारी भइरहेको बताएकी छन् ।

अमेरिकी मिडियाले डेमोक्रेट सांसदहरुले सोमबार महाभियोगको प्रस्ताव ल्याउने तयारी गरेको उल्लेख गरेका छन् ।

अमेरिकी संसदमा भएको हिंसापछि ट्रम्पलाई कार्यकाल सकिनु अघि पद छोड्न दबाब बढिरहेको छ । अमेरिकी राजधानीमा भएको हिंसामा एक प्रहरीसहित पाँच जनाको मृत्यु भएको छ ।

अहिले ट्रम्पले आफै राजीनामा दिने, उपराष्ट्रपतिले संबिधानको अधिकार प्रयोग गरेर राष्ट्रपतिलाई हटाउने र महाअभियोग लगाउने विषयमा व्यापक चर्चा भइरहेको छ । तर ट्रम्पको कार्यकाल अब जनवरी २० सम्म मात्र रहेपनि उनका ह्वाइटहाउसमा दिनहरु मुश्किलले बितिरहेको देखिएको छ । समय कम भएकाले डेमोक्रेटहरुले फास्ट ट्रयाकमा महअभियोग लगाउने तयारी गरिरहेको बताएका छन् । 

सभामुख पेलोसीले महाअभियोग लगाउन सबै उपाय अपनाइने बताएकी छन् । पेलोसीले सबैले ट्रम्पले तुरुन्त राजीनामा दिउन भन्ने चाहेको र उनले राजीनामा नदिए महाअभियोग लगाउने बताएकी छन् ।

यस अघि सभामुख पेलोसीले उपराष्ट्रपति माइक पेन्सलाई संबिधानमा २५औ संशोधनले गरेको व्यवस्था लागु गरेर राष्ट्रपतिलाई हटाउन आग्रह गरेकी छन् ।

ट्रम्पलाई यस पटक महाअभियोग लगाइएमा यो उनीमाथि दोस्रो महाअभियोग हुने छ । यस अघि गत फेब्रुअरीमा लगाइएको महाअभियोग असफल भएको थियो ।  

के छ अमेरिकी संबिधानको २५औ संशोधनमा :

सन् १९६७ देखि प्रयोगमा ल्याइएको २५ औं संशोधन, सन् १९६३ मा राष्ट्रपति जोन एफ केनेडीको हत्या पछि बनाइएको थियो र यसमा राष्ट्रपतिको असक्षमता र पदबाट हटाउने सम्बन्धी व्यवस्था रहेको छ । संविधानको भाग ४ अनुसार यदि राष्ट्रपतिले आफ्नो कार्य गर्न असफल भए र पदबाट आफैं हट्न अस्वीकार गरे यस कानुन प्रयोग गरि हटाइनेछ ।

२५औं संशोधनका निर्माताहरुले यदि राष्ट्रपति, शारीरिक र मानसिक रुपमा असक्षम भएको खण्डमा प्रयोग हुने बताएका थिए । तर विश्लेषकहरुले यदि राष्ट्रपति उक्त पदमा बस्न लायक नभए पनि यस कानुन लागु हुने बताएका छन् । २५ औं संशोधन लागु हुन उप राष्ट्रपति माइक पेन्स र ट्रम्पका सांसदहरुले ट्रम्प राष्ट्रपति हुन अयोग्य भएको पुष्टि गर्नुपर्ने हुन्छ र उनीहरुले यदि ट्रम्पले आफ्नो कार्य वा कर्तब्य पुरा गर्न असक्षम रहेको घोषणा गरे भने ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन मिल्नेछ । 

मेरो ध्यान महाअभियोगमा भन्दा कोरोनाको नियन्त्रण र भ्याक्सिन वितरणमा - बाइडेन 

डेमोक्रेट पार्टीका सांसदहरुले राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने तयारी गरिरहेका बेला निर्वाचित राष्ट्रपति जो बाइडेनले भने आफ्नो प्राथमिकतामा महाअभियोग भन्दा कोरोनाको नियन्त्रण र भ्याक्सिन वितरणमा हुने बताएका छन् । ट्रम्पले जनवरी २० मा हुने बाइडेनको शपथग्रहण कार्यक्रममा सहभागी नहुने बताएपछि बाइडेनले ट्रम्पले गरेका धेरै कम सहि निर्णय मध्ये एक भएको प्रतिक्रिया दिएका छन् ।         

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै