• २०८१ जेठ ६ आइतबार

सन् २०२१ मा विश्व अर्थव्यवस्थामा चीनको दबदबा हुने, कस्तो हुन्छ अमेरिकाको आर्थिक अवस्था ?

kharibot

काठमाडौँ । कोरोना भाइरसको कारण विश्वको अर्थव्यवस्था ध्वस्त भएको छ । दोश्रो विश्वयुद्ध पछि सन् २०२० मा विश्वको अर्थव्यवस्थामा सबै भन्दा धेरै गिरावट देखिएको हो । करौडौ मानिसले रोजगारी गुमाएका छन् भने कतपयको आयमा कमि आएको छ । विश्वका सरकरहरुले अर्थव्यवस्थामा भइरहेको नोक्सानीलाई रोक्नको लागि अर्बौं डलर लागानी गर्दै छन् । तर सन् २०२१ मा आर्थिक सुधार अनिश्चित देखिन्छ ।

चीनको आर्थव्यवस्था द्रुत गतिमा अगाडी बढिरहेको विश्लेषकहरु बताउछन् । तर विश्वको कतिपय धनी राष्ट्रहरुको लागि भने सन् २०२२ मा पनि असम्भव देखिएको छ भने थुप्रै राष्ट्रहरु बीच बराबरी पनि बढ्दै छ ।

करिब छ सय ५१ अमेरिकी अरबपतिहरुको कुल मूल्य ३० प्रतिशतले बढेर चार लाख करोड डलर पुगेको छ ।

अर्को तर्फ भने,  विकासशील देशहरुमा २५ करोड मानिसलाई अति गरिबीको सामना गर्नुपर्नेछ र विश्वको आधा जनसंख्याले आफ्नो जीविकोपार्जन गर्ने स्रोत तथा साधन गुमाउनेछन् ।

महामारीलाई रोक्नको लागि विश्वका प्राय देशहरु तिब्र गतिमा चलिरहेका छन् र यसले अर्थव्यवस्थाको प्रदर्शनमा गहिरो प्रभाव पर्ने देखिएको छ । कोरोना भाइरसको नयाँ स्वरूप र खोपको लागि प्रतिष्पर्धाबीच छिट्टै जित हुने कुनै ग्यारेन्टी छैन ।

धनी राष्ट्रहरुले प्रायजसो खोप प्राप्त गरिसकेका छन् तर उनीहरुको लागि पनि सन् २०२१ को अन्तिम सम्म धेरै मानिसलाई प्रतिरक्षाको लागि खोपमा पहुँच असम्भव देखिएको छ । सामान्यरुपमा विकासउन्मुख राष्ट्रहरुमा खोप वितरण कम छ र सोहि राष्ट्रहरुमा कोरोना भाइरस व्यापक फैलिरहेको छ ।

यस मामिलामा भव्यरुपमा जित्ने राष्ट्रमा चीन र दक्षिण कोरिया रहेका छन् । यी देशहरुले कोरोना महामारीलाई शुरुवातको चरणमा दबाउन सफल भएका छन् । चीनको अर्थव्यवस्था सन् २०२१ मा आठ प्रतिशतको गतिले वृद्धि हुने अनुमान गरिएको छ ।

यस संगै चीनको विकास गति महामारीभन्दा पहिलाको संसारको सबैभन्दा सफल पश्चिमी देशहरुको तुलनामा दोब्बर हुनेछ । प्रायजसो निर्यातमा आश्रित चीनको अर्थव्यवस्थालाई पश्चिमी देशहरुमा भएको लकडाउनले फाइदा पुगेको छ । मनोरन्जन र यातायात जस्तो सेवाको लागि पश्चिमी देशहरुमा गिरावट आएको छ तर घरमा प्रयोग हुने सामान र मेडिकल सप्लाईको माग बढ्दो छ ।

साथै ट्रम्प प्रशासनले लगाएको उच्च महसुलमा पनि चीन अमेरिकाबाट निर्यात हुने रेकर्ड स्तरमा पुगेको छ ।

पुरै एशियामा पनि चीनले आफ्नो आर्थिक प्रभाव बढाएको छ । प्यासिफिकमा पनि एक नयाँ फ्री ट्रेड जोन र युरोपदेखि अफ्रिकासम्म आफ्नो ट्रेड रुटहरुको वरपर भव्य संरचना प्रोजेक्टहरु बनाएको चीनको दबदबा छ ।

सेमीकन्डक्टरहरु जस्तै कम्पोनेन्ट्समा पश्चिमी देशहरुमा सप्लाई चेनको आफ्नो निर्भरता कम गर्नको लागि चीन एडभान्स प्रविधिमा अनुसन्धान गरिरहेको छ ।

आउँदो पाँच वर्षमा चीन विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र बन्ने छ र यस मामिलामा अमेरिकालाई पछि पर्नेछ । 

पहिला गरिएको अनुमानको तुलनामा चीन दोब्बर गतिले विश्वको सबैभन्दा ठुलो अर्थव्यवस्था बन्नेछ ।

त्यस्तै अर्को तर्फ अमेरिका, बेलायत र  कन्टिनेन्टल युरोपका धनी राष्ट्रहरुको लागि परिणाम राम्रो देखिएको छैन । सन् २०२० को ग्रिष्ममा सामान्य सुधार पछि यी देशहरुको अर्थव्यवस्थामा केहि आशा पलाएको छ तर कोरोनाको दोश्रो लहर र पुन लकडाउनले यसलाई पुन क्षति गर्यो ।

अमेरिकाको रोजगारी र विकासमा महामारीको गहिरो असर भएको छ र यसको कारण उपभोगकर्ताको आत्मविश्वास कम छ । आउँदो वर्ष केहि सुधार हुने आशा भएपनि सन् २०२२ मा यी अर्थव्यवस्थामा सामान्य स्थितिको तुलनामा पाँच प्रतिशत कमि हुनेछ ।

सबै भन्दा धेर क्षति सन् २०२१ मा विकासउन्मुख राष्ट्रहरुलाई हुनेछ र यी देशहरुसंग कोरोना विरुद्धको खोप खरिद गर्ने पर्याप्त स्रोत साधन र रकम पनि छैन।

विकासउन्मुख राष्ट्रमा पब्लिक हेल्थ सिस्टम पनि भरपर्दो छैन जसको कारण कोरोना संक्रमितको उपचार कठिन छ । साथै यी देशहरु, युरोप र अमेरिका जस्तो बेरोजगारहरुलाई रोक्नको लागि ठुलो सरकारी राहत रकम पनि दिन सक्दैनन् । पश्चिमी देशहरुमा आर्थिक मन्दीको समयमा विकासउन्मुख राष्ट्रहरुको कच्चा उत्पादनको माग पनि हुँदैन । धनी देशहरुको ठुलो ऋणमा डुबेका राष्ट्रहरुसंग अहिले लकडाउन गर्ने हैसियत पनि बाँकी छैन । ब्राजिल, भारत र दक्षिण अफ्रीका जस्तो राष्ट्रहरुलाई मन्दीबाट माथि उठ्न सजिलो हुनेछैन ।

महामारीको आर्थिक प्रभाव समाजमा थुप्रै तरिकाले देखिन्छ । फुल-टाइम काम गर्ने र पारिश्रमिक पनि धेरै हुने मानिसको बचत रकम पर्याप्त छ किनभने अहिले खर्च निकै कम छ ।

अमेरिकामा महामारीको समयमा, शेयरको आधा मुल्य पछि आएको वृद्धिमा धेरै फाइदा भएको छ । विशेषरुपमा अमेजन, नेटफ्लिक्स र जुमको शेयरमा धेरै वृद्धि भयो र आउँदो दिनमा पनि यो कायम रहने देखिएको छ ।

अर्को तर्फ कतिपय मानिसको रोजगारी बन्द भयो र व्यापार पनि ठप्प भयो र तिनीहरुको लागि पुन काम पाउन निकै कठिन बन्दै गयो , अहिले जागिर पाएकाहरुको लागि पनि पछिल्लो आम्दानी स्तरमा पुग्न निकै कठिन भएको छ ।

यस्तो दृश्य प्राय रिटेल र अस्पताल जस्तो कम पारिश्रमिक हुने ठाउँमा देख्न सकिन्छ । यी क्षेत्र छिट्टै सुधार हुने देखिदैन । युरोपमा हालै एक अभूतपूर्व सम्झौतामा हस्ताक्षर भएको छ र यसले युरोपेली युनियनको फिडिंगको सहायताले महामारीबाट सबै भन्दा प्रभावित सदस्य राष्ट्रमा मुआब्जा दिनेछ । तर यस योजना कस्तो देशलाई दिने भन्ने विषयको निर्णय भएको छैन ।

आपसी सहयोग यस महामारीपछिको समयमा सबैभन्दा सहि तरिका हुनसक्छ तर महामारीको क्रमा अन्तराष्ट्रिय सहयोग कम्जोर भयो र आर्थिक तनावले फ्रि ट्रेडको लागि विश्वव्यापी प्रतिबद्दतालाई चुनैती दिएको छ ।

सम्पत्तिको पुन वितरण र धरै कर लागु गरेर पश्चिमी देशका सरकारहरुको राम्रो आम्दानी हुनसक्छ जसको कारण उनीहरु महामारीबाट पिडित मानिसको सहयोग गर्न सक्नेछन् तर अहिलेको मन्दीमा यो राजनीतिक प्रक्रिया कठिन छ ।

पछिल्लो महामारीको परिणाम सामाजिक उथलपुथलको रुपमा देखिएको छ र यस पटक कोरोना महामारीको बहानामा विश्वमा असमानताको समाधान निकाल्न र विश्वलाई राम्रो बनाउन सहयोग मिल्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै