• २०८१ जेठ २ बुधबार

पृथ्वीजयन्तीको र्यालीमा प्रहरीको धरपकड

kharibot

काठमाडौँ । काठमाडौँमा सिंहदरबार अगाडी २९९औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा निकालेको र्‍यालीमा प्रहरीसँग धरपकड भएको छ ।

काठमाडौंको भद्रकाली हुँदै सिंहदरबारतर्फ गइरहेको र्याली मुल सडकमा हिँडेपछि प्रहरीले उनीहरुलाई पैदलयात्रीको बाटोतर्फ जान आग्रह गरेको थियो । तर, उनीहरुले प्रहरीको आग्रह बेवास्ता गरेर मूल सडकमा हिडेपछि प्रहरीले धरपकड गरेको थियो ।

प्रहरीसँगको धरपकडपछि उनीहरुले प्रहरीविरूद्ध नारा लगाएका थिए ।

पृथ्वीजयन्तीको अवसरमा यस र्यालीमा राप्रपा अध्यक्ष पशुपतिशमशेर राणालगायतका नेताहरुलाई पनि प्रहरीले धरपकड गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै