• २०८१ बैशाख २१ शुक्रबार

राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव दर्ता, यसैसाता मतदान हुने

kharibot

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दुई महाअभियोग प्रस्ताव दर्ता भएका छन् । डेमोक्रेट सांसदहरुले अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेनटेटिभमा दुई प्रस्ताव दर्ता गरेका हुन् ।

डेमोक्रेट सांसदहरुले अमेरिकी संसद भवनमा भएको हिंसाका लागि राष्ट्रपति ट्रम्पले उक्साएको आरोप लगाउदै डेमोक्रेट सांसद इलहान उमर र जेमी रस्किनले महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।

डेमोक्रेट सांसदहरुले ट्रम्पलाई उनको कार्यकाल नसकिदै हटाउने उद्देश्यले महाअभियोग प्रस्ताव अगाडी सारेका छन् ।

सभामुख नेन्सी पोलेसीले उपराष्ट्रपति माइक पेन्सलाई संबिधानको २५औ संशोधन अनुसार राष्ट्रपति ट्रम्पलाई हटाउन दबाब दिन महाअभियोग प्रस्ताव ल्याएको बताइएको छ ।

अमेरिकी तल्लो सदनमा डेमोक्रेटको बहुमत रहेको छ । तल्लो सदनमा महाअभियोग प्रस्तावमाथि रिपब्लिकन सांसदहरुले पनि भोट दिने विश्वास गरिएको छ ।

सामान्यतया महाअभियोग प्रस्तावको टुंगो लगाउन महिनौं लाग्ने भएपनि यस पटक ट्रम्पको कार्यकाल २० जनवरीसम्म मात्र भएकोले यसै साता तल्लो सदनमा मतदान गर्ने तयारी गरिएको छ ।

अमेरिकी संबिधान अनुसार महाअभियोग पास हुन सिनेटमा भने दुईतिहाई मत आवश्यक पर्दछ । राष्ट्रपतिविरुद्धको महाअभियोग र उपराष्ट्रपतिले बहुमत क्याबिनेट सदस्यको सहयोगमा हटाएपनि दुवै प्रस्ताव पारित हुन सिनेटमा दुई तिहाई मत आवश्यक पर्ने गर्दछ ।

१०० सदस्य सिनेटमा रिपब्लिकनको ५० सिट छ भने डेमोक्रेटको ४८ सिट छ । अहिले केवल २ रिपब्लिकन सिनेटरले मात्र ट्रम्पविरुद्ध मत दिने घोषणा गरेका छन् ।

यस अघि गत फेब्रुअरीमा ल्याइएको ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव असफल भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै