• २०८१ बैशाख २१ शुक्रबार

अमेरिकामा हिँसाको कुनै ठाउ छैन - राष्ट्रपति ट्रम्प

kharibot

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा हिँसाको कुनै ठाउ नभएको बताएका छन् ।

अमेरिकी तल्लो सदनले उनीविरुद्ध महाअभियोग प्रस्ताव पारित गरेपछि एक भिडियो सन्देश जारी गर्दै  गतसाता वाशिंगटन डिसीमा भएको हिँसाको निन्दा गरेका छन् ।

ट्रम्पले आफ्नो सन्देशमा महाअभियोगको उल्लेख नगरेपनि आफ्ना सच्चा समर्थकले अमेरिकी कानुनको उलंघन गर्ने दाबि गरेका छन् ।

उनले भनेका छन्, ' मेरा कोइ सच्चा समर्थकले हिंसाको वकालत गर्न सक्दैन । मेरा कोइ सच्चा समर्थक कानुन र हाम्रो महान अमेरिकाको झण्डाको अपमान गर्न सक्दैन । यदि तपाइँहरुले यस्ता केहि काम गरिरहनु भएको छ भने हाम्रो आन्दोलनलाई सहयोग गरिरहनु भएको छैन ।'

गएराती अमेरिकी तल्लो सदनमा भएको महाअभियोग प्रस्तावमाथिको मतदानमा १० रिपब्लिकनसहित २३२ सांसदले पक्षमा मतदान गरेपछि प्रस्ताव पारित भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै