• २०८१ बैशाख २६ बुधबार

बाइडेन र ह्यारिसको शपथग्रहणमा के के हुन्छ ?

kharibot

काठमाडौँ । जनवरी २० मा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले शपथ लिने कार्यक्रम अघि अमेरिकाका सबै ५० राज्यमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । राष्ट्रपतिको शपथग्रहण कार्यक्रम पारेर हुनसक्ने हिंसात्मक प्रदर्शनलाई ध्यानमा राख्दै सबै राज्य उच्च अलर्टमा राखिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

जनवरी ६ मा भएको अमेरिकी संसदको हिंसात्मक घटनालाई ध्यानमा राख्दै थप हिंसात्मक घटना हुने सूचनाका आधारमा सुरक्षा सतर्कता अपनाएको बताइएको छ । खासगरी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले सशस्त्र मार्च गर्ने चेतावनी दिएका छन् । अहिले राजधानी वाशिंटन डिसीमा नेशनल गार्ड परिचालन गरिएको छ ।

राष्ट्रपतिको शपथग्रहण समारोह घरबाट नै हेर्न आग्रह गर्दै स्थानीय प्रशासनले पनि राजधानी डिसी नआउन सबैलाई अपिल गरेको छ । निर्वाचित राष्ट्रपति बाइडेनको टिमले पनि कोरोना महामारी रहेकाले शपथग्रहण कार्यक्रम घरबाटै हेर्न अपिल गरेको छ ।

त्यस्तै मेरील्याण्ड, न्यूमेक्सिको र युटाजस्ता राज्यले संभावित हिंसात्मक प्रदर्शनलाई ध्यानमा राख्दै आपतकालीन स्थितिको घोषणा गरेका छन् । त्यस्तै क्यालिफोर्निया, पेन्सलभिनिया, मिचिगन, भर्जिनिया, वाशिंटन जस्ता राज्यमा पनि नेशनल गार्डलाई सक्रिय बनाइएको छ ।

निर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो उद्घाटन समारोहमा शपथ लिनुभन्दा पहिला ह्वाइटहाउसको अधिकारिक जिम्मेवारी सम्हाल्ने छैनन् । डेमोक्रेटका विजेता र उपराष्ट्रपति हारिसको सत्ता सम्हाल्ने यस प्रक्रिया एक प्रकारको राजनीतिक पद्धति हो ।

के हुन्छ उद्घाटनमा ?

उद्घाटन एउटा औपचारिक प्रक्रिया हो र यो निर्वाचन पछि नयाँ राष्ट्रपतिको चयनको उत्सवको रुपमा लिइन्छ । उद्घाटन राजधानी वाशिंगटन डिसीमा हुन्छ । नवनिर्वाचित राष्ट्रपतिलाई आधिकारिक मान्यता दिने एक मात्र विशेषता भनेको राष्ट्रपति कार्यालयको सपथ कार्यक्रम हो ।

"म दृढतापूर्वक शपथ लिन्छु कि संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको कार्यालयलाई इमान्दारिताको साथमा कार्यान्वयन गर्नेछु र संयुक्त राज्यको संविधानको संरक्षण, रक्षा गर्ने र सुरक्षा प्रदान गर्न आफ्नो क्षमताको सर्वश्रेष्ठ उपयोग गर्नेछु।" जब नयाँ राष्ट्रपति जो बाइडेनले यस शपथ लिनेछन् तब उनलाई आधिकारिक रुपमा अमेरिकाको ४६औं राष्ट्रपति घोषणा गरिनेछ र सपथ समारोह समापन हुनेछ ।

तर शपथ ग्रहणको कार्यक्रम यतिमा मात्र सिमित हुँदैन किनभने त्यस पछि भव्य उत्सव मनाइन्छ ।

साथै कमला ह्यारिस शपथ ग्रहणपछि अमेरिकाको उपराष्ट्रपति कार्यालयको शपथ लिनेछिन् जुन राष्ट्रपतिको सपथ ग्रहणको तुरुन्त पछि हुनेछ ।

आधिकारिक रुपमा शपथको दिन जनवरी २० रहेको छ । सामान्य तरिकाले ११:३० (स्थानीय समय) मा शपथ कार्यक्रम हुन्छ र जो बाइडेन र कमला ह्यारिसले दिउसो मध्यान्हमा शपथ लिनेछन् । नयाँ राष्ट्रपति बाइडेन त्यसपछि ह्वाइटहाउस जानेछन् र चार वर्षको लागि ह्वाइटहाउस उनको घर हुनेछ ।

सुरक्षा व्यवस्था कस्तो हुन्छ ?

राष्ट्रपतिको उद्घाटन प्राय भव्य सुरक्षा योजनाले हुने गर्दछ , झन् जनवरी ६ मा भएको संसद आक्रमण पछि सुरक्षा व्यवस्था थप कडा हुनेछ । राजधानीमा १० हजार भन्दा धेरै सुरक्षाकर्मी तैनाथ हुनेछन् भने थप पाँच हजारलाई तयारी अवस्थामा राखिएको हुन्छ ।

चार वर्ष अगाडी जब डोनाल्ड ट्रम्पले राष्ट्रपतिको शपथ लिएका थिए, त्यस समयमा आठ हजार राष्ट्रिय सुरक्षा सेना तैनाथ गरिएको थियो ।

राजधानीका मेयर मुरील बोसेरले संसदमा भएको हिंसालाई मध्यनजर गर्दै बाइडेनले राष्ट्रपतिको शपथ लिने समयमा वाशिंटन डिसीमा भने आपतकाल लागु गर्ने बताएकी छन् ।

बाइडेनले आफ्नो सुरक्षाको बारेमा कुनै चिन्ता नभएको बताएका छन् । तर बाइडेनको उद्घाटन समारोहका सदस्य, सांसद यमी क्लोबुचरको अनुसार, समारोहमा थुप्रै परिवर्तन हुने भएका छन् । उनी संसदमा आक्रमण हुँदा काँग्रेस भावनमा थिइन् ।

के ट्रम्प पनि सहभागी हुनेछन् ?

बिदाइ हुने राष्ट्रपतिले नवनियुक्त राष्ट्रपतिको शपथ ग्रहणमा सहभागी हुने दृश्य निकै अप्ठ्यारो परिस्थिति देखिन्छ तर यस वर्ष बाहिरिने राष्ट्रपतिलाई कसैले देख्न पाउने छैन किनभने ट्रम्पले जनवरी २० मा हुने भनिएको उद्घाटन समारोहमा नजाने घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले आफु शपथ ग्रहणमा नजाने कुरा यसअघि नै जानकारी दिएका छन् ।

ट्रम्पका केहि समर्थकले भने अनलाइनमा भर्चुवलरुपमा ट्रम्पको उद्घाटन समरोह गर्ने घोषणा गरेका छन् र उक्त कार्यक्रममा ६८ हजार मानिसले सहभागी जनाउने बताएका छन् । उनीहरुले ट्रम्पलाई अझैपनि समर्थन गरिरहने बताएका छन् ।

जब ट्रम्पले राष्ट्रपतिको शपथ लिएका थिए तब त्यहाँ निर्वाचनमा हारेकी प्रतिद्वन्द्वी हिलारी क्लिन्टन र उनका श्रीमान तथा पुर्वराष्ट्रपति बिल क्लिन्टन उपस्थित थिए ।

अमेरिकाको इतिहासमा अहिलेसम्म राष्ट्रपति उद्घाटन समारोहमा सहभागी हुनेमा तीन जना पुर्व राष्ट्रपति मात्र रहेका छन् ।

जसमा जोन एडम्स, जोन क्विन्ची एडम्स र एन्ड्रु जोनसन रहेका छन् तर पछिल्लो शताब्दीमा भने बाहिरिने कुनै राष्ट्रपति नयाँ राष्ट्रपतिको शपथमा गएका छैनन् ।

कोभिड-१९ ले यस वर्षको उद्घाटनमा कस्तो प्रभाव हुनेछ ?

सामान्य परिस्थितिमा वाशिंगटन डीसीमा उद्घाटन समारोहमा सहभागी हुन हजारौं तथा लाखौँको संख्यामा मानिसहरु आउने गर्दछन् र, उनीहरु राजधानीको मल तथा होटेलमा बस्ने गर्दछन् ।

सन् २००९ मा जब पुर्वराष्ट्रपति ओबामाले शपथ लिएका थिए त्यतिबेला करिब दुई मिलियन मानिस राजधानी पुगेको बताइएको थियो ।

तर यस वर्ष सहभागी हुने मानिसको संख्या निकै सिमित संख्यामा हुने बताइएको छ । बाइडेनको टिमले मानिसहरुलाई राजधानीसम्मको यात्रा नगर्न आग्रह गरेको छ र काँग्रेसमा आक्रमण गरेपछि अधिकारिहरु थप सतर्क रहेका छन् ।

निर्वाचित राष्ट्रपति बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसले राजधानीको संसद भवन बाहिर शपथ लिने निर्णय गरेका छन् ।

सन् १९८१ मा पुर्वराष्ट्रपति रोनाल्ड रेगानबाट शुरुवात गरिएको प्रथा जसमा राष्ट्रिय मलबाट अवलोकन हुनेछ र नव नियुक्त राष्ट्रपति तथा उपराष्ट्रपतिद्वारा परेड रुटको दृश्यावलोकन गरिने चलन रहेको छ । बाइडेनको उद्घाटनको तयारी कार्य भइरहेकोछ ।

पछिल्लो समय डोनाल्ड ट्रम्पको कार्यकाल शुरुवातको शपथ ग्रहण समारोहमा दुई लाख टिकट उपलब्ध भएको थियो तर यस वर्ष कोरोना संक्रमण र अमेरिकामा ठुलो जोखिम भएको कारण केहि हजार टिकट उपलब्ध हुने भएको छ ।

यस वर्ष महामारीको कारण "पास इन रिभ्यु" उत्सव आयोजना हुने भएको छ जसमा सत्ताको शान्तिपूर्ण हस्तान्तरण र नयाँ नेतृत्वको अवलोकन हुनेछ ।

पेन्सलभिनिया एभिन्युबाट ह्वाइटहाउससम्म हुने परेडलाई यस पटक भर्चुअल रुपमा गरिने भएको छ ।

नवनियुक्त राष्ट्रपति बाइडेन र परिवरलाई अमेरिकी सैनिकद्वारा ह्वाइट हाउससम्म ब्याण्ड र ड्रम बजाउदै ह्वाइटहाउस प्रवेश गराउने चलन रहेको छ ।

कसरी पाइन्छ उद्घाटन समारोहको टिकट ?

स्टेजको नजिकको स्थान र सिटको लागि टिकट आवश्यकता हुन्छ तर राष्ट्रिय मल भने सबैको लगि खुला हुन्छ । यदि नजिकबाट उद्घाटन समारोहको अवलोकन गर्ने हो भने, स्थानीय प्रतिनिधिसंग कुरा गर्नु पर्दछ । उद्घाटनको पार्टी र अन्य समारोहको लागि भने छुट्टै टिकटको आवश्यकता पर्दछ ।

अमेरिकी सांसद तथा सदनका सदस्यहरुसंग टिकट उपलब्ध हुन्छ र उनीहरुसंग बाड्नको लागि निशुल्क टिकट हुन्छ । यस वर्ष कोरोना महामारीको कारण, सिमित सांसद तथा उनका पाहुनालाई पनि सिमित टिकट दिन निर्देशन दिइएको छ ।

समारोहमा कसले प्रस्तुति दिनेछ ?

निर्वाचित राष्ट्रपति बाइडेनले अहिले सम्म कसले उद्घाटन समारोहमा प्रस्तुति दिने भन्ने विषयमा सार्वजनिक गरेका छैनन् । सामान्य रुपमा ख्यातिप्राप्त कलाकारले राष्ट्रपति उद्घाटन समारोहमा आफ्नो कलाको प्रस्तुति दिन पाउछन् ।

पछिल्लो केहि समय देखि, आउँदो राष्ट्रपतिले अमेरिकाको सबैभन्दा लोकप्रिय कलाकार चयन गर्दथे ।

सन् २००९ मा एरीथा फ्रयाङ्कलिनले पुर्वराष्ट्रपति बराक ओबामाको लागि गीत गएका थिए र गायिका बियोन्सेले पनि गीत गाएकी थिइन् ।

सन् २०१३ को उद्घाटन समारोहको लागि ओबामाले केली क्लार्कसन र जेनिफर हडसनलाई रोजेका थिए । बियोन्सेले यस पटक अमेरिकाको राष्ट्रिय गान गएकी थिइन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भने कलाकारहरुको बुकिंग गर्न समस्या भएको थियो । उनले सबैभन्दा पहिला एल्टन जोनलाई रोजेका थिए तर उनले ट्रम्पको प्रस्ताव अस्वीकार गरे, त्यस पछि उनले सिलेन डियोनलाई प्रस्ताव गरेका थिए तर उनले पनि स्वीकार गरिनन् ।

ट्रम्पले किस र ग्राथ बुकलाई पनि प्रस्ताव गरेका थिए तर अन्तिममा ली ग्रिनवुड र ब्याण्ड थ्री डोर्सले उनको उद्घाटन समारोहमा गीत प्रस्तुत गरेका थिए ।

जनवरीमा किन हुन्छ उद्घाटन समारोह ?

अमेरिकी संविधान अनुसार जनवरी राष्ट्रपति उद्घाटनको समय होइन किनभने मार्च ४ मा नयाँ नेतृत्वलाई शपथ ग्रहण गराउने व्यवस्था गरिएको थियो । तर नोभेम्बरमा चुनाव हुने भएको र निर्वाचनमा हार भएका राष्ट्रपतिको प्रतीक्षाको समय धेरै भएको कारण जनवरी देखि नै नयाँ राष्ट्रपतिले शपथ लिनेछन् ।

सन् १९३३ मा २०औं संशोधन भएको थियो र निर्वाचनमा विजयी राष्ट्रपतिलाई जनवरीमा नै शपथ कार्यक्रम तथा उद्घाटन हुने व्यवस्था ल्याइयो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै