• २०८१ बैशाख २० बिहीबार

एन आई सी एशिया लघुवित्तको स्वतन्त्र संचालकमा सन्जु अधिकारी नियुक्त

kharibot

काठमाडौँ।एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले माघ १६ गते बसेको १०२औं संचालक समितिको बैठकबाट स्वतन्त्र संचालकको पदमा सन्जु अधिकारीलाई नियुक्त गरेको छ ।सन्जु अधिकारी पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् ।

अधिकारीसँग बैंक तथा वित्तीय संस्थाको कार्य अनुभवकाे साथै उनी बैंकिङ क्षेत्रसँग सम्बन्धीत विभिन्न लेखहरु प्रकाशित तथा प्रशिक्षण प्रदान गर्दै आएकी छिन् । 

संचालक समितिका अध्यक्ष कपिल ढकालले उच्चतम व्यवसायिक अभ्यास सहित योग्यतम व्यक्तिलाई संस्थाको स्वतन्त्र संचालकका रुपमा चयन गरिएको जानकारी दिएका छन् ।

यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ । हाल १२० शाखा कार्यालयहरुबाट करिव ४७ हजार सदस्यहरु सहित करीव ३६ हजार कर्जा सेवाग्राहीहरुको सहयात्रीको रुपमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।


संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको छ ।  

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै