• २०८१ जेठ ६ आइतबार

राष्ट्रिय महिला आयोगले स्थानीय तहसम्म सम्पर्क स्थापित गर्ने

kharibot

फाइल तस्वीर

काठमाडौँ । राष्ट्रिय महिला आयोगले लैङ्गिक हिंसा न्यूनीकरणका लागि स्थानीय तहसम्म सम्पर्क स्थापित गर्ने भएको छ ।

आयोगका नवनियुक्त अध्यक्ष कमलाकुमारी पराजुलीले महिला हिंसाका समस्या समाधान गर्न नीतिगत रुपमा पहल गर्दै स्थानीय तहसँगको समन्वय बढाइने बताएकी हुन् । पदबहालीको भोलिपल्ट आज भद्रकालीस्थित आयोगको कार्यालयमा उनले रासससँग कुरा गर्दै केन्द्रमा रहेका सेवालाई गाउँगाउँसम्म कसरी लैजाने भन्ने विषयमा आफ्नो पहिलो प्राथमिकता हुने र एक महिनाभित्र अनुभूत हुने तथा परिणाम दिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 

“महिलामाथि हुने नयाँनयाँ घटनाका बारेमा अध्ययन अनुसन्धान गर्ने र त्यसको निराकरणका लागि अभियान सञ्चालन गर्न पनि आयोगको ध्यान जाने छ ।” उनले भने, “स्थान, परिवेश र घटनाको प्रकृति हेरी आवश्यकतानुरुप कानून परिमार्जन गर्न पनि आयोग तयार रहनेछ ।” आयोगमा अध्यक्ष पराजुली र सदस्यद्वय कृष्णकुमारी पौडेल र विद्याकुमारी सिन्हाले बिहीबार सपथ ग्रहणपछि पदबहाली गर्नुभएको थियो । 

महिलाको हकअधिकार रक्षा र पीडित महिलालाई कानूनी उपचार दिन लागि विसं २०५८ मा आयोगको स्थापना भएको थियो । लामो समयसम्म रिक्त संवैधानिक आयोगमा बिहीबार नियुक्ति भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै