• २०८१ बैशाख २० बिहीबार

सामाजिक संजालको पोष्टमा प्रियंकाको कमाई करोडमा, कसले कति कमाउछन् ?

kharibot

काठमाडौँ । बलिवुड कलाकारको हरेक ट्वीटलाई रिट्वीट गर्ने र उनीहरुको इंस्टाग्राम पोष्टहरुमा क्लिक गरेर लाखौँ लाइक दिने कतिपय प्रशंसकहरुलाई थाहा नुहन सक्छ की उनीहरुले दिएको लाइक कलाकारहरुको आम्दानीको स्रोत हो ।

बलिवुड नायिका प्रियंका चोपडाले कुनैपनि वस्तु, व्यक्ति वा स्थानको बरेमा प्रायोजित इंस्टाग्राम पोष्ट लेखेको सट्टा दुई करोड रुपैयाँ लिन्छिन् । फोर्ब्स म्यागजिनले उनलाई सबै भन्दा धनी इंस्टाग्रामर बताएको छ । यो धनी एनफ्लुएन्सर्सले पनि लागु गरेका छन् ।

स्थानीय सोशल मिडिया प्रभावकले पनि आफ्नो ब्राण्ड नेम राखेका छन् । उनीहरु स्थानीय ब्राण्डको प्रचारप्रसारमा गरिएको पोष्टमा लाखौं चार्ज गर्दछन् ।

मिस महाराष्ट्र भइसकेकी अभिनेत्री नैना मुकेले 'मेक इन इन्डिया' र 'मेड इन इन्डिया' अभियान पछि निकै चर्चा पाइन्।

अभियानपछि उनको ब्राण्ड नेम ठुलो भयो र अहिले उनी सोसियल मिडिया पोष्टको लागि पाँच लाख सम्म चार्ज गर्छिन् यति रकम हिन्दी सिनेमाका नाम चलेका अभिनेत्रीहरुले प्राप्त गर्दैनन् ।

नैना मुके सामाजिक संजालमा अभिनेत्रीहरुको परिवर्तन भएको भाग्यको उदहारण हुन् ।

सामाजिक संजालमा रणवीर सिंह र दीपिका पादुकोण नै नम्बर वान पावर कपल भएपनि मोडिया पोइन्ट्सबाट विराट किहलीले धेरै पैसा कमाउछन् ।

प्रियंका चोपडा पछि दोश्रो नम्बरमा सबै भन्दा महँगो प्रभावक विराट हुन् । हूपर एचक्यूको इंस्टाग्राम रिच लिस्टमा सहभागी भएका विराटले आफ्नो एक इंस्टाग्राम पोस्टबाट करीब डेढ करोड रुपैयाँ लिन्छन् ।

समाजिक संजालमा सक्रिय रहने नायक अमिताभ बच्चन पनि पैसा को लागि पोष्ट गर्दछन्  । उनको एक पोष्टको मुल्य ५० लाखसम्म रहेको छ ।

चलचित्र क्षेत्रमा रकम लिएर पोष्ट गर्नेमा शाहरुख खान र आलिया भट्टको नाम पनि रहेको छ । उनीहरुले एक पोष्ट गरेको करिब एक करोडसम्म लिने बताइएको छ ।

निर्देशक अनुराग कश्यपले भने नयाँ कलाकार र निर्देशकको लागि निशुल्क पोष्ट गर्ने गरेका छन् ।

अन्य कलाकार तथा निर्देशकहरु दिन रात सामाजिक संजालमा सक्रिय हुने गर्दछन् किनभने उनीहरु आफ्नो इन्टरेक्शन रेट बढाउनमा लागि परेका हुन्छन् ताकी सोसियल मिडिया म्यानेज गर्ने कम्पनीले उनीहरुको ट्वीट वा इंस्टाग्राम पोष्टको रेट बढाउने छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै