• २०८१ बैशाख २४ सोमबार

बैतडीकी भागरथीको बलात्कारपछि हत्याको घटनाले मर्माहत भयौं, निर्मला पन्तको जस्तो नहोस् : प्रचण्ड-नेपाल

kharibot

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपाका अध्यक्ष द्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बैतडीको दोगडाकेदा-७ की भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाले स्तब्ध र मर्माहत भएका जनाएका छन् ।

प्रचण्ड र नेपालले विद्यालयबाट घर फर्किंदै गरेको बेला वर्ष १७ की किशोरी भागरथी भट्टमाथि भएको पाशविक र अमानवीय कुकृत्यको घोर भर्त्सना गरेका छन् । 

प्रचण्ड र नेपालले डेढ वर्षअघि निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको आम जनताको आक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको समान प्रकृतिको घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्यसंयन्त्र असफल भएको तथ्यलाई नै प्रमाणित गरेको आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन् ।

दुवैले विगतमा निर्मला पन्तको अनुसन्धान जस्तै यो घटनामा गैरजिम्मेवार नबन्न सरकारसँग आग्रह गर्दै सत्यतथ्य सार्वजनिक गरि दोषीमाथि कडा कार्वाही गर्न माग गरेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै