काठमाडौँ । बलिवुड अभिनेता ऋतिक रोशनले मुम्बई प्रहरीको क्राइम ब्रान्चमा दुई घण्टा बयान दिएर फर्किएका छन् ।
ऋतिकले अभिनेत्री कंगना रनावतसंगको नक्कली इमेल प्रकरणमा ऋतिकले दायर गरेको उजुरीमा शनिबार करिब दुई घण्टा बयान दिएका हुन् ।
बयानपछि ऋतिकले मिडियामा भने कुनै प्रतिक्रिया नदिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
पूर्व प्रेमी रहेका ऋतिक र कंगनाको विवाद २०१६ मा कंगनाको एक पछि अर्को आरोप सार्बजनिक रुपमा लगाएपछि बाहिर आएको थियो । ऋतिकले कंगनालाई २०१६ आफ्नो एकाउन्टबाट सय भन्दा बढी इमेल पठाएको आरोप लगाउदै जाँचका लागि प्रहरीको साइबर सेलमा गएका थिए । ऋतिकले २०१३ देखि २०१४ सम्म सो इमेल पठाएको उजुरीमा उल्लेख गरेका थिए ।
दुवैले फिल्म काइटस र कृष-३ मा काम गरेका थिए । कंगनाले ऋतिकलाई आफ्नो पूर्व प्रेमी भन्दै मिडियामा आएपछि विवाद बढेको थियो । ऋतिकले भने अहिलेपनि कंगनासँग आफ्नो अफ्येर्स नरहेको बताउदै आएका छन् । कंगनाकै कारण ऋतिकको आफ्नी पत्नी सुजैन खानसँग डिभोर्स भएको बताईन्छ ।