• २०८१ बैशाख १६ आइतबार

बामदेव गौतमलाई भेट्न प्रधानमन्त्री ओली भैसैपाटीमा

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली वामदेव गौतमलाई भेट्न उनको निवास भैसेपाटी पुगेका छन् ।

आजै विप्लव समुहसँग सहमति गरेर घोषणा गरेका प्रधानमन्त्री ओली  शुक्रबार साँझ गौतम निवासमा पुगेका हुन् ।

हाल कुनै पक्षमा नलाग्ने भन्दै तठस्थ बनेर एकता अभियान चलाएका नेता गौतमलाई आफ्नो पक्षमा ल्याउने प्रधानमन्त्री ओलीको कसरतको रुपमा यो भेटवार्तालाई हेरिएको छ ।

आइतबार प्रतिनिधि सभाको बैठक बस्न लागेको र ओली पक्षले शनिबार संसदीय दलको समेत बैठक बोलाएको अवस्थामा प्रधानमन्त्री ओलीले नेता गौतमसँग छलफल गर्न उनकै निवासमा पुगेका छन् ।

यता प्रचण्ड-नेपाल पक्षले भने ओलीलाई संसदीय दलबाट हटाइसकेको छ । बुधबारको केन्द्रीय कमिटी बैठकले ओलीलाई हटाएर आज संसदीय दलको नेतामा प्रचण्डलाई चयन समेत गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै