• २०८१ बैशाख १७ सोमबार

वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलले लगाए कोरोनाविरुद्धको खोप

kharibot

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोनाविरुद्धको खोप लगाए पनि स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्न अनुरोध गरेका छन् । हेटौँडा अस्पतालको खोप केन्द्रबाट कोरोनाविरुद्धको खोप लगाएपछि प्रतिक्रिया दिँदै उहाँले खोप लगाए पनि सामाजिक दूरी कायम गर्ने तथा अन्य स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्न विज्ञको सुझाव रहेकाले सोहीअनुसार गर्न आग्रह गरेका हुन् । 

उनले  प्रदेशमा रहेका ५०६ खोप केन्द्रबाट दैनिक खोप लगाउने काम भइरहेको जानकारी दिए । उनले ती केन्द्रबाट कोभिडविरुद्धको दोस्रो खोप अभियानअन्तर्गत आइतबार मात्रै ३१ हजार ४१७ ले खोप लगाएको जानकारी दिए ।  खोप पूर्णरुपमा सुरक्षित रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । 

मुख्यमन्त्री पौडेलले आज प्रदेश राजधानी हेटौँडामा रहेको हेटौँडा अस्पताल खोप केन्द्रबाट  कोरोना विरुद्धको खोप लगाएका हुन् । उनीसँगै उनकी धर्मपत्नी विजया, सुरक्षाकर्मी एवं सचिवालयका सदस्यले खोप लगाएको मुख्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै