• २०८१ बैशाख १५ शनिबार

एभरेष्ट बैंकको १०२औ शाखा उदयपुरको गाईघाटमा

kharibot

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि गाईघाट, उदयपुरमा आफ्नो १०२ औं शाखाको उद्घाटन गरेको छ ।

एभरेष्ट बैंकका नायव महा प्रबन्धक डा.सन्धिर कुमार र नेपाल उद्योग वाणिज्य संघ, गाईघाटका अध्यक्ष  गजेन्द्र भगतले संयुक्त रुपमा  गाईघाट, उदयपुर शाखाको उद्घाटन गरेका छन् । 
उद्घाटन समारोहमा  विश्वराज भट्टराई, वडा ११ त्रियुगा नगरपालिका का अध्यक्ष,भिम बहादुर दाहाल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक, पूर्ण बहादुर श्रेष्ठ, एभरेष्ट बैंकका प्रदेश–१ का प्रादेशिक प्रबन्धक र  पुष्प राज उप्रेती, एभरेष्ट बैंकका मर्केटिङ्ग् प्रमुखका साथै अन्य स्थानीय तहका अधिकारिहरुको उपस्थिती रहेको थियो । 

उद्घाटन समारोहमा एभरेष्ट बैंकका नायव महा प्रबन्धक डा. सन्धिर कुमारले उद्घाटन समारोहको मन्तव्यमा गाईघात क्षेत्रका बासिन्दाहरूलाई उच्च गुणस्तरको सम्पुर्ण अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन दिएका थिए  । 

बैंकमले  हालसम्म  १०२ शाखा संजाल, प्रादेशिक कार्यालय , १३४ एटीएम बुथ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस  बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ साथै बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै