• २०८१ बैशाख १६ आइतबार

बलिवुड अभिनेता मनोज बाजपेयीलाई कोरोना संक्रमण

kharibot

काठमाडौँ । बलिवुड अभिनेता मनोज बाजपेयी कोरोना संक्रमित भएका छन् । फिल्मको शुटिंगको क्रममा बाजपेयी संक्रमित भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

संक्रमित भएपछि अभिनेता बाजपेयीले आफुलाई घरमै क्वारेन्टाइन गरेको बताइएको छ । उनी संक्रमित भएपछि फिल्मको शुटिंग पनि रोकिएको छ ।

बाजपेयीले अहिले वेभ सिरिज डेसप्याचको शुटिंग गरिरहेका थिए । शुटिंगका क्रममा निर्देशक राज निदिमोरुलाई संक्रमण भएपछि बाजपेयीले टेस्ट गर्दा पोजेटिभ देखिएको थियो ।

बाजपेयीको टिमले विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य अवस्था ठिक भएको जानकारी दिएको छ ।

बाजपेयीको वेभसिरिज फ्याम्ली म्यान अहिले चर्चामा र विवादमा रहेको छ । पहिलो सिरिजको सफलतापछि फ्याम्ली म्यानको दोस्रो सिजन पनि छिट्टै आउदै छ ।

बलिवुडमा केहि दिन अघि मात्र चर्चित निर्माता निर्देशक संजयलीला भंसाली र अभिनेता रणवीर कपूरलाई पनि कोरोना संक्रमण भएको थियो । उनीहरु पनि अहिले फिल्मको शुटिंग रोकेर आइसोलेसनमा रहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै